कोरोना सङ्कट: भिक्टोरियामा ६ सहित अस्ट्रेलिया ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो

कोभिड-१९ सङ्क्रमित एक ७० बर्षिया महिला भिक्टोरियामा ज्यान गुमाउने पछिल्लो व्यक्ति भएकी छिन्।

Victorian Health Minister Jenny Mikakos and Victorian Chief Health Officer Prof Brett Sutton speak to the media in Melbourne, Thursday, March 26, 2020.

Victorian Health Minister Jenny Mikakos and Victorian Chief Health Officer Prof Brett Sutton. Source: AAP

 

हालसम्म भिक्टोरियामा एक हजार भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि हुँदै गर्दा पछिल्लो घटनामा उक्त महिला सहित अस्ट्रेलिया ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको हो।

भिक्टोरियाका स्वास्थ्य अधिकारीहरूका अनुसार उक्त राज्यभर बितेको २४ घण्टामा थप ६८ नयाँ कोभिड-१९ सङ्क्रमणका मामिलाहरू पुष्टि भएका छन्।

"हामीले पाँचौँ भिक्टोरियाली गुमाउँदा, म ती बृद्धा महिलाको परिवारको बारेमा सोचिरहेकी छु," स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले भनिन्।

"आफ्नो परिवारको सदस्य अस्वस्थ हुँदा ती परिवारका अन्य सदस्यहरूका लागि उक्त समय निकै तनावपूर्ण हुन्छ र त्यस माथि कोभिड-१९को बारेमा चिन्ता त छँदैछ।”

हाल भिक्टोरिया भर ३६ जना अस्पतालहरूमा भर्ना छन् जस मध्ये ६ जनाको सघन उपचार कक्षमा उपचार हुँदैछ।

An Intensive Care nurse carries a bed pan in the Intensive Care Unit at the Royal North Shore Hospital March in Sydney
An Intensive Care nurse carries a bed pan in the Intensive Care Unit Source: Ian Waldie/Getty Images

भिक्टोरियाकी स्वास्थ्य मन्त्री मिकाकोसले सामुदायिक रूपमा भइरहेको सङ्क्रमणलाई ठुलो चिन्ताको विषय भन्दै मानिसहरूले सामुदायिक दुरी सम्बन्धी नियमहरू राम्ररी पालना नगरे थप कडा कदमहरू चालिने बताएकी छिन्।

“हामी हरेक दिन जसो नै यसको मूल्याङ्कन गर्नु परेको छ,” उनले भनिन्।

मिकाकोससँगै रहेका भिक्टोरियाका प्रमुख चिकित्सकीय अधिकृत ब्रेट सटनका अनुसार भने, हाल प्रचलनमा ल्याइएका सामाजिक दुरी बारेका नियमहरूले आफ्नो काम देखाउन अझै समय लाग्ने भएकाले ती आदेशहरू प्रभावकारी नभएको भन्न मिल्ने अवस्था हाल छैन।

सटनले महामारी मे र जुन महिनामा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण रहेको खुलासा गर्दै मानिसहरूले सामाजिक दुरी सम्बन्धी नियम राम्ररी पालना गरे उक्त बिन्दुलाई केही तल र अलि पर सार्न सकिने पनि बताएका छन्।

Polisi wa Victoria wafanya ukaguzi wa walio katika karantini
Source: Victoria Police Media Unit

अहिलेसम्म कोभिड-१९ का परीक्षणहरू विशेष गरेर वैदेशिक भ्रमणबाट फर्किएका माथि केन्द्रित भएता पनि अब प्रहरी, वृद्ध स्याहार केन्द्रका कर्मचारी, घरबार विहीन एवं अपागं सहयोगमा कार्यरत मानिसहरूलाई समेटिने पनि सरकारले बताएको छ।

स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले भिक्टोरियालीहरूलाई फ्लुको खोप लिन पनि आग्रह गरेकी छिन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।


2 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now