खोजकर्ताहरू भन्छन् 'फेस ब्लाइन्ड्नेस' र लङ्ग कोभिड बिच सम्बन्ध छ

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

Blurred Motion Of Young Woman Seen Through Window

The most common symptoms of long COVID are fatigue (tiredness), shortness of breath and problems with memory and concentration ('brain fog'). (Representative image) Credit: Shu Shàng Rén Mei / EyeEm/Getty Images/EyeEm

मुख्य बुँदाहरू:

  • नदर्न टेरीटरीका योग्य बासिन्दालाई दादुराको खोप इस्टर बिदा सुरु हुनु पूर्व लिन सरकारले आग्रह
  • अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा कोभिड सुरुवात बारेको भित्री सूचना गोप्य नराख्ने विधेयकमा हस्ताक्षर

अमेरिकाको डार्टमथ कलेजका खोजकर्ताहरूले प्रोसोपाग्नोसिया (अनुहार चिन्न नसक्नु)लाई कोभिड-१९ सँग जोडेर हेरेका छन्।

"५४ लङ्ग कोभिड भएका सहभागीहरूमा गरिएको सर्वेक्षणको तथ्याङ्कले के देखाउँछ भने धेरैले हेरेर चिन्न सक्ने र बाटो पत्ता लगाउने क्षमतामा कमी आएको बताएका छन्।"

"सुरुमा कोभिड भए पछिका तिन महिना पछि लक्षणहरूले निरन्तरता पाउनु वा त्यसमा नयाँ लक्षण थपिनु"लाई विश्व स्वास्थ्य सङ्गठनले लङ्ग कोभिडको रूपमा परिभाषित गरेको छ।

साथै त्यस्ता लक्षणहरू कुनै अन्य कारण बिना नै कम्तीमा पनि दुई महिनासम्म रहने उल्लेख गरिएको छ।

लङ्ग कोभिडको सामान्यतया देखिने लक्षणहरूमा थकान, श्वासप्रश्वासमा समस्या र सम्झने शक्ति वा ध्यान केन्द्रित गर्ने क्षमतामा कमी आउनु (ब्रेन फग) रहेका छन्।

ग्रिफिथ युनिभर्सिटीका खोजकर्ताहरूले पनि लङ्ग कोभिड भएका मानिसहरूको दिमागी बनावटमा त्यस्तै किसिमको परिवर्तन आएको पाएका छन्।

खोजको नेतृत्व गरेका डा किरण थपलिया भन्छन् क्रोनिक थकान समस्या भएका मानिसहरू जसलाई लङ्ग कोभिड पनि रहेको छ उनीहरूको ब्रेनस्टेम डिस्फङ्सनले न्यूरोलोजिकल, कार्डियो रेस्पिरेटरी लक्षण र चालमा समस्या ल्याउँछ।

शुक्रवार न्यु साउथ वेल्सले ८ हजार ५ सय ६३ नयाँ साप्ताहिक कोभिड मामिलाहरू दर्ता गरेको छ जुन गत हप्ता ८ हजार ९ सय ५ रहेको थियो।

यद्यपि राज्यमा अस्पताल भर्ना हुनेहरूको सङ्ख्यामा भने गत मार्च ३ देखि नै वृद्धि देखिएको छ।

यस हप्ता ८ सय ७३ कोभिड-१९ सङ्क्रमित अस्पतालमा भर्ना भएको बताइएको छ।

यो सङ्ख्या गत हप्ता ८ सय ३४ रहेको थियो।

भिक्टोरियामा कोभिड मामिलाहरू ३ हजार ९ सय ६० बढेर ४ हजार ४ सय ६७ पुगेको छ।

र अस्पताल भर्ना हुनेको सङ्ख्या पनि १ सय १४ बाट बढेर १ सय ५२ पुगेको छ।

नदर्न टेरिटरी सरकारले योग्य बासिन्दाहरूलाई दादुराको खोप इस्टर बिदाको समयभन्दा अगाडी नै लिन आग्रह गरेको छ।

विदेशबाट अस्ट्रेलिया आएका मानिसहरूमा दादुराका मामिला बढेको पाइए पछि सरकारको सो आग्रह आएको हो।

नदर्न टेरिटरी सरकारले दादुराको सङ्क्रमण अमेरिका र युरोपमा बढेको पाइएको र यो भाइरस एसिया, अफ्रिका र मध्य पूर्वका राष्ट्रहरूमा धेरै देखिने भन्दै सचेत गराएको छ।

युनिभर्सिटी अफ क्वीन्सल्याण्डका खोजकर्ताहरूले दोस्रो पुस्ताको कोभिड भ्याक्सिनको मानव परीक्षण सुरु गरेका छन्।

उनीहरूले ७० स्वस्थ इच्छुक व्यक्तिहरूलाई खोप जाँचका लागि खोजी गरिरहेका छन्।

अस्ट्रेलियाको तथ्याङ्क विभागले अस्ट्रेलियाको जनसङ्ख्या १.७ प्रतिशत (वा ४ लाख १८ हजार ५ सय) ले वृद्धि भएको बताएको छ।

यो सङ्ख्या ३० सेप्टेम्बर २०२२ सम्मको १२ महिनाको अवधिमा बढेको हो।

यो वृद्धि कोभिड-१९ महामारी सुरु हुनु पूर्वका वर्षहरूमा देखिने वृद्धिसँग मिल्दो जुल्दो रहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन द्वारा अगाडी सारिएको विधेयकमा हस्ताक्षर गरेका छन्।

विधेयक कोभिड-१९ को सुरुवातसँग जोडिएको अमेरिकी आन्तरिक सूचनालाई गोप्य नराख्नेसँग सम्बन्धित छ।

"हामीले कोभिड-१९ सुरुवातको जडसम्म पुग्नु पर्छ। … यसमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजिको सम्भावित सम्बन्ध पनि रहेको छ।" बाइडेनले भने।

विश्व स्वास्थ्य सङ्गठनको २३ मार्चको पछिल्लो रिपोर्टले विश्वव्यापी कोभिड मामिलाहरूमा ३१ प्रतिशत (३७ लाख)को गिरावट आएको देखाएको छ।

साथै पछिल्ला २८ दिनमा अघिल्लो महिनाको भन्दा मृत्यु दरमा ४६ प्रतिशत (२६ हजार)ले कमी आएको छ।

अमेरिका, रुस, चीन,जान र जर्मनीमा सबैभन्दा धेरै कोभिड मामिलाहरू दर्ता गरिएको छ।

आफ्नो क्षेत्रमा रहेका लङ्ग कोभिड क्लिनिक पत्ता लगाउनुहोस्।

एसिटि

न्यु साउथ वेल्स

नर्दन टेरीटरी

क्वीन्सल्याण्ड

साउथ अस्ट्रेलिया

टास्मेनिया

भिक्टोरिया

वेस्टर्न अस्ट्रेलिया

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

4 min read

Published

Updated

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now