SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्सको तटीय क्षेत्रमा मौसम थप खराब हुने, अधिकारीहरूद्वारा चेतावनी जारी

न्यु साउथ वेल्सको लगभग १,००० किलोमिटर लामो तटीय क्षेत्रभर मौसम गम्भीर हुने भन्दै चेतावनी जारी गरिएको छ।

More severe weather is expected in Sydney as an east coast low-pressure system moves down from south-east Queensland and northern NSW.
More severe weather is expected in Sydney as an east coast low-pressure system moves down from south-east Queensland and northern NSW. Source: AAP

2 min read

Published

Updated


Skip to article content

राज्यका तटीय क्षेत्रभर रहेका सबै स्थानहरूमा मौसम खराब हुँदै पुनः भारी वर्षा, थप बाढी र तेज वायु बहने पूर्वानुमानका बिच मानिसहरूलाई सतर्कता अपनाउन भनिएको हो।

मौसम विभागले तटीय क्षेत्रका स्थानहरूमा मेघ गर्जन सहित पानी पर्ने, समुद्रमा खतरनाक छालहरू आउन सक्ने र विनाशकारी हावा अनि असिना पर्न सक्ने पनि बताएको छ।

गत हप्ताको अभूतपूर्व बाढीबाट नर्दन रिभर्स क्षेत्रमा रहेका समुदायहरू सर-सफाइमा लागिरहँदा यी पछिल्ला चेतावनीहरू आएका हुन्।

विभागका अनुसार यो हप्ताभर नै बिजुली चम्कँदै वर्षा हुन सक्ने र त्यसबाट जलाशयहरूमा अत्यधिक पानी जम्मा भएर "फ्ल्यास फ्लडिङ" वा अचानक बाढी आउन सक्ने खतरा पनि रहेको छ।

अधिकारीहरूका अनुसार, मौसम बिग्रँदै जाँदा तटीय क्षेत्र बाहेक ब्लु माउन्टेन्स, सेन्ट्रल टेबलल्यान्ड्स, सर्दन हाइल्यान्ड्स र क्यानबेरा पनि प्रभावित बन्न सक्छन्।

ब्युरो अफ मेटियोरोलोजीका डीन नार्रामोर भन्छन् कि अवस्था निकै चिन्ताजनक छ।

SATVIEW
Infrared+Zehr image of the weather system in NSW on 7th March 2022. Source: BOM

उता स्टेट इमर्जेन्सी कमिस्नर कार्लिन योर्कका अनुसार चाहिँ हक्सबेरी नदी प्रमुख चिन्ताको विषय हो।

"नदीका केही भागहरूमा गत हप्ता जस्तै बाढी आउने हाम्रो अनुमान  छ," उनले भनिन्।

"अन्य क्षेत्रमा भने यो स्थिति हामीले गत सप्ताहान्तमा देखेको भन्दा खराब हुन सक्छ, अघिल्लो सालको मार्चमा जस्तै।"

मानिसहरूलाई आफ्नो घर जान सुरक्षित नभए, घर नजान पनि उनले आग्रह गरेकी छिन्।

"जहाँ सुरक्षित छ त्यहीँ बस्नुहोस् र आफ्नो अनि परिवारको सुरक्षा हुने निर्णयहरू गर्नुहोस्।"

हन्टर क्षेत्रभर सोमवार भारी वर्षा हुने र त्यो बढेर सिड्नी, हक्सबेरी नेपियन हुँदै इलावारा र शोलहेभनसम्म फैलिने पूर्वानुमान गरिएको छ।

नार्रमोरका अनुसार मङ्गलवार बिहानैदेखि हुने भारी वर्षा, दिनको अधिकांश समय जारी रहनेछ।

यसपालिको बाढीबाट न्यु साउथ वेल्समा छ जनाको मृत्यु भइसकेको छ जसमध्ये लिजमोरमा मात्रै चार जनाको ज्यान गएको थियो।

यसै गरी छिमेकी राज्य क्वीन्सल्यान्डमा भने बाढीबाट १२ जना हताहत भइसकेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now