SKIP TO MAIN CONTENT

अबका दिनमा कतै डढेलो लाग्ने त कतै धेरै पानी पर्ने

मौसमी डढेलो पूर्वानुमानका अनुसार यो वर्षको वसन्त ऋतुमा अस्ट्रेलियाका कुनै हिस्सा डढेलोको चपेटामा पर्ने र अन्य कतिपय भूभागमा भने सामान्य भन्दा अधिक वर्षा हुने जनाएको छ।

New South Wales experiences a heavy downpour with dangerous weather predicted over the weekend.
Source: AAP

3 min read

Published

Updated

Source: AAP, SBS



Skip to article content

सन् २०२०-२१ को डढेलो मौसम गएका दुई वर्ष भन्दा भिन्नै कारणले प्रभावित हुने बताइएको छ।

आगामी सेप्टेम्बरदेखि नोभेम्बरका लागि जारी अस्ट्रेलियन सिजनल बुशफायर आउटलूकका अनुसार चलायमान ला निन्याका कारण अस्ट्रेलियाका पूर्वी तथा उत्तरी भूभागमा सामान्यभन्दा धेरै वर्षा हुने बताएको हो।

साथै, सो पूर्वानुमानले पश्चिमी अस्ट्रेलियाका अधिकतर भूभागमा सुख्खा हुने कारण देखाउँदै वेस्टर्न अस्ट्रेलिया राज्यमा डढेलोको खतरा रहेको समेत जनाएको छ।

तर, देशको पूर्वी तथा उत्तरी भूभागमा सामान्यभन्दा धेरै पानी पर्ने बताइए पनि क्विन्सल्यान्ड राज्यको उच्च जनघनत्व भएको दक्षिणपुर्वी भागमा बितेका वर्षहरूको तुलनामा यसपालि डढेलोको जोखिममा वृद्धि हुने अनुमान छ।

A house burnt down by bushfires is seen in Laidley, southeast Queensland, Wednesday, October 9, 2019. (AAP Image/Scott Davis) NO ARCHIVING
A house burnt down by bushfires is seen in Laidley, southeast Queensland Source: AAP

बुशफायर एण्ड न्याचुरल हाजार्ड्स कुअपरेटिभ रिसर्च सेन्टरका प्रमुख रिचर्ड थर्नटनले सोमवार एक विज्ञप्ति जारी गर्दै वसन्त ऋतुमा पानी पर्दा पूर्वीय अस्ट्रेलियालाई केही मद्दत हुने भएता पनि घाँसे मैदानहरूमा द्रुत वेगले आगजनी हुने खतरा रहेको बताए।

"अस्ट्रेलियामा आगो लाग्नु एक नियमित प्रक्रिया हो र यो याद राख्नु महत्त्वपूर्ण छ कि आगो लाग्ने सामान्य सम्भावना रहेका भनेर तोकिएका क्षेत्रहरूमा पनि डढेलो लाग्न सक्छ," उनले भने।

"जब मौसम गरम हुन्छ र हावा लाग्छ, आगो मुलुक भरी नै देखिन सक्छ।"

अघिल्लो वर्ष अस्ट्रेलियामा ११० वर्ष यताकै सबैभन्दा गर्मी मौसम दर्ता गरिएको थियो जसमा ३,००० भन्दा बढी घरहरू र अन्य भवनहरू ध्वस्त हुनुका साथै २ अर्व डलर बराबरको धनजनको क्षति भएको अनुमान छ।

Fires tear through bushland at Bairnsdale in Victoria's East Gippsland region.
Fires tear through bushland at Bairnsdale in Victoria's East Gippsland region. Source: Victorian Government

डढेलो बारे बुझ्न गाह्रो भयो: शाही आयोग

यसै बिच राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्था हेर्न गठन भएको शाही आयोगले सोमवार जारी गरेको आफ्नो अन्तरिम रिपोर्टमा भनेको छ कि गएको डढेलो मौसमले राष्ट्रव्यापी रूपमा पारेको प्रभाव बुझ्न हाल निकै कठिनाइहरूको सामना खेप्नुपरिरहेको छ।

आयोगका अनुसार आगलागी सम्बन्धी देशभरका तथ्याङ्क सङ्कलनमा एकरूपता नभएको भन्दै अस्ट्रेलियाको इतिहासकै सबैभन्दा भयङ्कर मानिएको सन् २०१९-२० को डढेलोको प्रभाव बुझ्न आफूहरूलाई गाह्रो भइरहेको बताएको हो।

आधिकारिक रूपमा ३३ जना मानिसको ज्यान सो डढेलोले लिइएको बताइएता पनि शाही आयोगले आगो तथा धुवाँले अन्य थुप्रैको मृत्यु भएको हुनसक्ने बताएको छ।

सन् २०१९-२० को डढेलोका झन्डै ३ अर्व वन्यजन्तु या त सखाप भएका थिए या त विस्थापित।

आयोगले डाटाको सीमित उपलब्धता, प्राविधिक कमजोरीहरू र असंगतपुर्ण तथा अपूर्ण डाटा सङ्कलन लगायतका मुद्दाहरूको बारेमा मानिसहरूबाट सुनेको बताएको छ।

सङ्घीय, राज्य, क्षेत्र र स्थानीय सरकारहरू मार्फत प्राप्त सूचनाहरू पनि गुणस्तर र किसिममा भिन्न रहेको र त्यस कारण डाटा सङ्कलन र साझेदारीमा "अन्तर एवम् अक्षमता" निम्त्याएको आयोगको भनाई छ।

शाही आयोगले राष्ट्रिय मन्त्रिपरिषद् जस्ता निकायले भविष्यका डढेलोहरूको व्यवस्थापन गर्ने काम सुम्पन सुझाव दिएको छ। 

"अस्ट्रेलिया सरकारको स्तरमा प्राकृतिक प्रकोप उद्धार संस्था बनाउँदा फाइदा हुन सक्छ," उसले अगाडी भनेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now