SKIP TO MAIN CONTENT

रिजर्भ ब्याङ्कले ब्याजदर पुनः बढायो, आधिकारिक दर १.३५ प्रतिशत कायम

अस्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आफ्नो आधिकारिक ब्याजदर फेरी एक पटक बढाएको छ।

Reserve Bank Governor Philip Lowe once committed to not raising interest rates until 2024.
RBA Governor Philip Lowe says it’s a further step in the withdrawal of monetary support provided during the coronavirus pandemic. Source: Photo by Brendon Thorne/Bloomberg via Getty Images, 07 DEC 2021

1 min read

Published

Updated


Skip to article content

आज दिउँसो बसेको रिजर्भ ब्याङ्कको सञ्चालक समितिको बैठकले पुनः ०.५ प्रतिशतले आफ्नो नगद दर बढाउने निर्णय गरेको हो।

यसअघि जुन महिनाको पहिलो मङ्गलवार पनि ०.५० प्रतिशतले देशको आधिकारिक ब्याजदर बढेको थियो।

रिजर्भ ब्याङ्कको पछिल्लो निर्णयसँगै अस्ट्रेलियाको आधिकारिक ब्याजदर १.३५ प्रतिशत पुगेको छ।

ब्याङ्कका गभर्नर फिलिप लोई भन्छन् कि कोरोनाभाइरस महामारीका बखत जारी गरिएको आर्थिक सहयोगहरू फिर्ता लिने क्रममा चालिएको यो अर्को एक कदम हो।

आगामी महिनाहरूमा पनि यसैप्रकारका थप कदमहरू चालिने अपक्षा उनले व्यक्त गरेका छन्।

विश्वव्यापी रूपमा देखिएको मुद्रास्फितीका कारण पनि ब्याङ्कले ब्याजदर बढाउने निर्णय गरेको लोईको भनाई छ।

"संसारभर नै मुद्रास्फिती उच्च छ," उनले भने।

"कोभिडका कारण आपूर्तीमा समस्या छ, युक्रेनमा जारी युद्द र सामानहरूको चर्को मागले उत्पादन गर्ने क्षमतामा निकै मारमा छ।"

सङ्घीय ट्रेजरर जिम चामर्सले रिजर्भ ब्याङ्कको निर्णयले प्रभावित लाखौं अस्ट्रेलियालीहरूका लागि जनजीवन थप कष्टकर बनाउने प्रतिक्रिया दिएका छन्।

स्काइ न्युजसँग बोल्दै उनले भने कि घरले बजेटको एक ठूलो हिस्सा पेट्रोल, दैनिक उपभोग्य वस्तुहरु, बिजुली र अन्य अत्यावश्यक सामानको आकासिँदो मुल्यले गर्दा नराम्ररी प्रभावित भएको छ।

"हामी बुझ्छौं, आकासिँदो मुल्यवृद्धिले गर्दा मानिसहरू मारमा परेका छन् र ब्याजदर बढेर त्यो पिडा झनै बल्झेको छ।"

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now