दुई दशक पछाडि पहिलो पटक अस्ट्रेलियाको सेवा एवम् वस्तुको मूल्य वृद्धि दर बढेर ५.१ प्रतिशत पुगेको छ।
तथ्याङ्क विभागले प्रस्तुत गरेको मार्च महिनाको चौमासिक रिर्पोटमा यो दर २.१ प्रतिशतले बढेर ५.१ प्रतिशत पुगेको देखिएको हो।
सन् २००० मा तत्कालीन जोन हावर्डले सरकारले वस्तु तथा सेवा कर लागु गरे यताकै पहिलो पटक मुद्रास्फीतिको दरमा यति ठूलो वृद्धि देखिएको हो।

तत्कालीन समयमा सेवा कर लागु गरेपछि मूल्यवृद्धि वार्षिक ६ प्रतिशतले बढेको थियो। तर पछिल्लो वर्ष नाटकीय रूपमा ३.५ प्रतिशतको तुलनामा यसपालि मुद्रास्फीति दर बढेर ५.१ प्रतिशतमा पुगेको हो।
चुनावी माहोल र प्रचार चलिरहेका बेला यसलाई सरकार माथिको प्रहारका रूपमा लिइएको छ।
यद्यपि ट्रेजरर जश फ्राइडनबर्ग भने गठबन्धनको आर्थिक व्यवस्थापनसँग यसको कुनै पनि सम्बन्ध नभएको तर्क गर्छन्।
यद्यपि बेरोजगारी दर न्यून अवस्थामा रहेको अवस्था र तलब वृद्धि जस्ता कुराले मूल्य वृद्धिलाई कम गर्दै लाने विश्वास फ्राइडनबर्ग व्यक्त गर्छन्।
ट्रेजरर फ्राइडनबर्गको भनाइ सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: ब्याजदर बढाउने दबाबमा रिजर्भ बैङ्क हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यद्यपि विपक्षी दलका जिम चाल्मर्स भन्छन् कि यो देशमा तलब बाहेक सबै कुराको भाउ बढेको छ।
यद्यपि तथ्याङ्क सार्वजनिक हुनु अघि चुनावी प्रचारका क्रममा प्रधानमन्त्रीले मूल्य वृद्धिका कारण जनतामा परेको असरका बारेमा भने आफू सचेत रहेको बताएका छन्।
अर्न्तनिहीत मुद्रास्फीति दर जसले उतार चढावका बनाएको अस्थिर मूल्यलाई समान बनाई दीर्घकालीन दृष्टिकोण प्रदान गर्दछ, १ दशमलव ४ प्रतिशतबाट बढेर ३ दशमलव ७ प्रतिशत पुगेको छ।
सन् २०१० पछाडि रिजर्भ बैकको दुई देखि तीन प्रतिशतको लक्ष्य दायरा भन्दा पहिलो पटक यो माथि उठेको हो।
रिजर्भ बैङ्कको आगामी हप्ता हुने बोर्ड बैठकमा हालसम्मकै न्यून रहेको ब्याजदरलाई बढाउने बारेमा निर्णय गर्न झनै दबाब पर्ने सम्भावना बढेको बताइन्छ।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा बसोबास: सङ्घीय निर्वाचनमा भोट कसरी हाल्ने









