Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा "चाइल्डकेयर" किन महत्त्वपूर्ण छ?

children at a day care centre in Sydney

children at a day care centre in Sydney, Thursday, March 16, 2006. Source: (AAP Image/Jeremy Piper NO ARCHIVING

प्रारम्भिक बाल्यकाल क्षेत्रको एक आर्थिक रिपोर्टका अनुसार, अर्थतन्त्र र महिला कामदारहरूका लागि एक विश्वव्यापी पहुँच रहेको प्रणाली आवश्यक छ। अस्ट्रेलिया इन्स्टिच्युटले गरेको उक्त अध्ययनले के पत्ता लगाएको छ भने, अधिकांश परिवारहरूले निजी प्रदायकहरूमा बढी निर्भर गर्दा अरू मौकाहरू गुमाइ रहेका छन्।


Published

Updated

By Stephanie Corsetti

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


प्रारम्भिक बाल्यकाल क्षेत्रको एक आर्थिक रिपोर्टका अनुसार, अर्थतन्त्र र महिला कामदारहरूका लागि एक विश्वव्यापी पहुँच रहेको प्रणाली आवश्यक छ। अस्ट्रेलिया इन्स्टिच्युटले गरेको उक्त अध्ययनले के पत्ता लगाएको छ भने, अधिकांश परिवारहरूले निजी प्रदायकहरूमा बढी निर्भर गर्दा अरू मौकाहरू गुमाइ रहेका छन्।


एक पल्ट सन् २०२० लाई फर्केर हेर्दा, त्यस बेला कोरोना भाइरस महामारी भर्खर सुरु हुँदा, अस्ट्रेलिया सरकारले निःशुल्क बाल हेरचाह अर्थात् चाइल्डकेयरको व्यवस्था गरेको थियो।  

तर अहिले आर्थिक फाइदाको लागि सरकारले किन यो निःशुल्क सेवा दिन बन्द गरेको भनी अस्ट्रेलिया इन्स्टिच्युटका नीति विश्लेषकहरूले प्रश्न गरिरहेका छन्।  

"दि इकोनोमिक बेनेफिट्स अफ हाइ क्वालिटी चाइल्डहुड एजुकेसन" नामक उक्त रिपोर्टका लेखक हुन् म्याट ग्रड्नफ, र प्रारम्भिक बाल शिक्षा आवश्यक रहेको उनी बताउँछन्।   

यस रिपोर्टले अरू औद्योगिक देशहरूको तुलनामा अस्ट्रेलियाको कार्यबलमा महिलाहरू कम रहेको र अस्ट्रेलियाको अर्थतन्त्र पछाडि परेको देखाएको छ।  

यदि अस्ट्रेलियाको प्रारम्भिक बाल हेरचाह क्षेत्रमा पनि विश्वका उत्तरी भागका मुलुकहरूको जस्तै लगानी गरिने हो भने, थप २ लाख ९० हजार रोजगारीहरू सिर्जना हुन सक्ने अध्ययनले देखाउँछ। 

रिपोर्ट लेखकको भनाइ सहितको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: अस्ट्रेलियामा "चाइल्डकेयर" किन महत्त्वपूर्ण छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

ग्रड्नफ बताउँछन् कि यसले सर्वसाधारणको दैनिक जीवन यापनको खर्च कम गर्ने त छँदै छ, साथमा सम्पूर्ण अर्थव्यवस्थामा हरेक साल १ अर्ब डलर बच्न सक्छ।  

सङ्घीय सरकारले परिवारहरूको दैनिक खर्च कम गर्नका लागि थप आर्थिक सहयोग गर्ने गत मार्च महिनामा घोषणा गरेको थियो।  

अभिभावकहरू काम जान पाउन्, र विशेष गरी महिला हेरचाह कर्ताहरूसँग विकल्प होस् भन्ने उद्देश्य भन्दै सरकारले प्रतिबद्धता देखाएको थियो।  

युनाइटेड वर्कर्स युनियनकी हेलेन गिबन्स भन्छिन् कि विगतमा लेबर दलले प्रारम्भिक शिक्षा दिएको थियो, र अहिले मोरिसन सरकारले यस विषयमा कस्तो कदम चाल्छ भन्ने प्रश्न छ।  

उनी भन्छिन् कि धेरै मानिसहरूले सरकारको निःशुल्क प्रारम्भिक शिक्षा सेवालाई प्रयोग गर्न थाले पछि सरकारको यो बन्द गरेको हो।  

यस कार्यक्षेत्रमा पर्याप्त सहयोग भएमा बालबालिकालाई मात्र नभई महिलाहरूलाई पनि सजिलो हुने उनी बताउँछिन्।  

यस अध्ययनले यो पनि देखाएको छ कि, महँगो र अपर्याप्त सेवाहरू हुँदा परिवारहरूले बालबालिकालाई चाइल्डकेयरमा भर्ना गर्दैनन्, र यसले महिला कर्मचारीहरूको मौकालाई कम गरिदिन्छ।  

अर्ली चाइल्डहुड अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत समान्था पेज भन्छिन् कि यस क्षत्रमा लगानी गर्दा प्रतिफल हुने कुरामा अर्थशास्त्रीहरूले सहमति जनाउँदै आएका छन्।  

उनी भन्छिन् कि उच्च गुणस्तरको हेरचाह सेवाका लागि कडा नियमहरू छन् तर साथसाथै, कर्मचारी अभाव र कम तलबको समस्यालाई भने सम्बोधन गर्न जरुरी छ।  

युवाका लागि कार्यवाहक मन्त्रीले एक बयान मार्फत बताएका छन् कि गठबन्धनले न्यून र मध्यम आय भएका अभिभावकका लागि चाइल्डकेयरको शुल्क घटाउँदै छ।  

यस विषयमा टिप्पणीका लागि सङ्घीय विपक्षी दललाई पनि सम्पर्क गरिएको थियो।  


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now