SKIP TO MAIN CONTENT

महामारी घोषणा भए यता भिक्टोरियामा दोस्रो पटक नयाँ सङ्क्रमण भेटिएन

भिक्टोरियाका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस महामारी घोषणा भए यता आफ्नो राज्यमा दोस्रो पटक २४ घन्टे अवधिभरमा कुनै नयाँ सङ्क्रमणका मामिला नभेटिएको पुष्टि मङ्गलवार बिहान गरेका छन्।

Chief Health Officer Brett Sutton addresses the media during a press conference in Melbourne
Chief Health Officer Brett Sutton addresses the media during a press conference in Melbourne, M Source: AAP

2 min read

Published



Skip to article content

कोभिड-१९ प्रकोप सुरु भए पछि सामाजिक भेलामा लागू गरिएका प्रतिबन्धको अवज्ञा गर्दै गत शनिवार अस्ट्रेलिया भर नै “ब्ल्याक लाइभ्स म्याटर” प्रदर्शनमा भाग लिने मानिसहरू दुई हप्तासम्म क्वारेनटिनमा बस्नुपर्ने धारणा स्वास्थ्य अधिकारीहरूले व्यक्त गरिरहँदा भिक्टोरियाले उक्त उपलब्धि हात पारेको हो।

तर, राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले भने मानिसहरूलाई सतर्क रहन आह्वान गर्दै “कमन सेन्स”को प्रयोग गर्न सुझाएका छन्।

“अहिले सबैलाई साथी भाइ भेटौँ - क्याफेमा बसौँ भन्ने लागेको होला, तर आफ्नो कमन सेन्स प्रयोग गर्न जरुरी छ। आफ्ना सबै क्रियाकलापहरूमा विचार पुर्‍याउनुहोस्, सतर्क र सुरक्षित रहनुहोस्,” सटनले भने।

उनले मानिसहरूलाई आवश्यक परेको खण्डमा मात्रै घरबाट बाहिर निस्कन पनि सल्लाह दिएका छन्।

डा सटनका अनुसार गत शनिवार आयोजना भएको विरोध र्‍यालीका सहभागीहरूले जतिसुकै सानो लक्षण आफूमा देखे तत्काल कोभिड-१९ को जाँच गराउन जानुपर्छ।

“गत शनिवार सहरमा भएको प्रदर्शनमा यदि तपाईँले भाग लिनुभएको थियो र कुनै लक्षण देखा परे पनि, जतिसुकै हल्का किन नहोस्, तपाईँको परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ।"

आफ्नो राज्यमा गएको २४ घण्टामा कोभिड-१९ का कुनै नयाँ बिरामी नभेटिए पछि राज्यका प्रिमियर ड्यानिय एण्ड्रुजले प्रसन्नता व्यक्त गर्दै आफ्नो राज्यमा “थप स्थायित्व” आउन थालेको जिकिर गरेका छन्।

“अवस्था निकै द्रुत रूपमा परिवर्तन हुन सक्छ। हामी यस सङ्कटको अन्त्यसम्म कत्ति पनि पुगेका छैनौँ,” एण्ड्रुजले भने।

Victorian Premier Daniel Andrews (centre)  during a press conference in Melbourne
Victorian Premier Daniel Andrews (centre) during a press conference in Melbourne Source: AAP

उनले थप जाँचका बारेमा बोल्दै भने कि सम्भव भएसम्म धेरै भन्दा धेरै मानिसहरूको परीक्षण गराउँदा तथ्यपरक रूपमा निर्णय गर्न सहयोग पुग्छ।

हालसम्म भिक्टोरियामा कुल १६८७ जना मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको सरकारी तथ्याङ्क छ भने उक्त राज्यमा यसै रोगका कारण १९ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।

भिक्टोरियामा हालसम्म पुष्टि भएका सङ्क्रमणहरू मध्ये १७८ बिरामीहरू सामुदायिक स्तरमा रोग सर्ने प्रक्रिया - लोकल कम्युनिटी ट्रान्समिसन अन्तर्गत सङ्क्रमित भएको पनि राज्यका अधिकारीहरूले बताएका छन्।

भिक्टोरियामा हाल सात जना कोभिड-१९ उपचारार्थ अस्पतालमा भर्ना छन् र त्यस मध्ये एक जनाको सघन उपचार जारी छ।

86632f31-8cb2-4218-aee4-ee2468e6ce96

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now