अस्ट्रेलियामा घुस: सम्पत्ति किनबेचमा लाखौँ डलरको झुटो कारोबारका लागि मेलबर्नका पुरुषलाई जेल सजाय

अन्तर्राष्ट्रिय आर्थिक लेनदेनका लागि झुटा खाताहरू प्रयोग गरेको र गलत विवरण दिएकोमा भिक्टोरियाका एक पुरुषलाई सजाय सुनाइएको छ।

pexels-donaldtong94-143580.jpg

A representative image of a man in prison. Credit: Pexels/Donald Tong

मेलबर्नका एक ७२ वर्षीय पुरुषलाई झुटा खाताहरू बनाएर विदेशी अधिकारीहरूलाई भुक्तानी गरेको आरोपमा सजाय सुनाइएको छ।

उनलाई सन् २०१३ मा सम्पत्ति विकास परियोजना खरिद गर्न मलेसियन सरकारी अधिकारीहरू र तिनका साझेदारहरूसँग कारोबारका लागि झुटा अकाउन्टहरू बनाएको आरोपमा बुधवार, ११ फेब्रुअरीमा सजाय सुनाइएको हो।

ती पुरुषले २९ अक्टोबर २०२४ मा ‘फल्स अकाउन्टिङ’को एउटा आरोप स्वीकार गरेका थिए, जस लगत्तै काउन्टी कोर्ट अफ भिक्टोरियाले उनलाई २१ महिनाको निलम्बित जेल सजाय सुनाएको थियो।

An Australian Federal Police logo.
An Australian Federal Police logo. Credit: AAP Image/Julian Smith

सामान्यतया, वित्तीय कारोबारमा झुटो वा भ्रामक रेकर्ड, दस्तावेज वा जानकारी प्रदान गर्नुलाई ‘फल्स अकाउन्टिङ’ भनिन्छ।

अस्ट्रेलियन फेडेरल पुलिस (एएफपी)ले सन् २०१५ को फेब्रुअरीमा ती व्यक्ति, उनका सम्बन्धित कम्पनीहरू र मेलबर्नका केही सम्पत्ति विकास परियोजनाहरू माथि एक अनुसन्धान सुरु गरेको थियो।

ती व्यक्तिले कअलफिल्ड ईस्टस्थित एक विश्वविद्यालय क्याम्पस नजिक तीन वटा सम्पत्तिहरू खरिद गरी त्यहाँ आफ्ना कम्पनीमार्फत स्टुडेन्ट होस्टेलहरू निर्माण गरेका थिए।

सन् २०१३ मा विकास कार्य पूरा भएपछि, करिब एक करोड ७८ लाख डलर वास्तविक मूल्य रहेको उक्त होस्टेल दुई करोड २६ लाख डलरमा मलेसियन सरकारको स्वामित्वमा रहेको एक निकायलाई बिक्री गरिएको थियो।

मलेसियन सरकारी अधिकारीहरू वा तिनका एजेन्टहरूलाई ४७ लाख ५० हजार डलर तिरिएको एएफपीले अनुसन्धानको क्रममा पत्ता लगाएको थियो।

त्यसबापत, ती अधिकारीहरूले उक्त सम्पत्ति मलेसियन सरकारको स्वामित्वमा रहेको सो निकायलाई खरिद गराउन मद्दत गरेका थिए।

कुल भुक्तानीमध्ये ३४ लाख डलरका लागि नक्कली बिलहरू प्रयोग गरिएको खुलासा भएको थियो।

An image of Australian banknotes.
An image of Australian banknotes. Credit: JOEL CARRETT/AAPIMAGE

एएफपीले ती व्यक्तिमाथि जुलाई २०२० मा मुद्दा दायर गरेको थियो।

उनले अर्कालाई लाभ पुर्‍याउने उद्देश्यले लेखा प्रयोजन (अकाउन्टिङ कार्य)का लागि आवश्यक दस्तावेजमा झुटा विवरण समावेश गरेको एउटा आरोप स्वीकार गरेका थिए।

यो कार्य भिक्टोरियाको अपराध ऐनको दफा ८३(१)(ए) विपरीत थियो।

त्यस्तै, एएफपीको नेतृत्वमा रहेको क्रिमिनल एसेट्स कन्फिस्केसन टास्कफोर्स (सीएसीटी)ले अगस्ट २०२० मा भिक्टोरियास्थित दुई वटा सम्पत्तिहरू नियन्त्रणमा लिएको थियो, जुन ती आरोपित पुरुषकी श्रीमती र उनको स्वामित्वमा रहेको कम्पनीको नाममा थिए।

ती महिला र उनका सम्बन्धित कम्पनीहरूका ब्याङ्क अकाउन्टहरू पनि जफत गरिए पछि नियन्त्रणमा लिइएको सम्पत्ति तथा रकमको कुल मूल्य लगभग १६ लाख डलर भएको प्रहरीको भनाइ छ।

एएफपीका कार्यवाहक कमान्डर बर्नार्ड गिसनले मलेसियाको भ्रष्टाचार विरोधी आयोग मलेसियन एन्टी‍-करप्सन कमिसनलाई धन्यवाद दिँदै बताए कि, यो जटिल अनुसन्धानले अन्तर्राष्ट्रिय वित्तीय अपराधविरुद्ध कडा कदम चाल्ने एएफपीको प्रतिबद्धता देखाउँछ।

“फल्स अकाउन्टिङ सामान्यतया सजिलै देखिँदैन। अन्तर्राष्ट्रिय लेनदेन लुकाउन फल्स अकाउन्टिङ प्रयोग गरिएको प्रमाणित गर्न निरन्तर अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ,” गिसनले भने।

“गम्भीर वित्तीय अपराध, जसमा ठूला भ्रष्टाचार पनि पर्छन्, यो पीडितविहीन हुँदैन। र यो केसमा वास्तविक पीडित मलेसियन करदाताहरू थिए। एएफपीले अवैध रूपमा व्यापारिक लाभ उठाउने अपराधीहरूलाई कारबाही गर्न जारी राख्नेछ।”


3 min read

Published

Updated

Source: SBS, AFP



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now