SKIP TO MAIN CONTENT

'डेलाइट सेभिङ' कहिले सुरु हुन्छ र अस्ट्रेलियाभर किन हुँदैन?

डेलाइट सेभिङ हरेक वर्ष अक्टोबरको पहिलो आइतबार बिहान दुई बजे सुरु भएर एप्रिल महिनाको पहिलो आइतवारमा सकिन्छ। त्यस हिसाबले यस वर्ष, आइतबार, ७ एप्रिलमा बिहान दुई बजे घडीहरू एक घण्टा पछाडि सर्नेछन्।

A man fastens the hands to a clock.
Daylight saving starts on the first Sunday of October every year. Source: AP / Charles Krupa/AP

2 min read

Published

Updated

By Amy Hall

Presented by Sweksha Karna

Source: SBS



Skip to article content

आइतवार, ७ एप्रिल सन् २०२४ मा तपाईँ एक घण्टा बढी सुत्न पाउन सक्नुहुन्छ।

गत वर्ष सन् २०२३ को १ अक्टोबरमा सुरु भएको ‘डेलाइट सेभिङ’ सन् २०२४ को एप्रिलको पहिलो आइतवारमा समाप्त हुँदै छ।

तर डेलाइट सेभिङ अस्ट्रेलियाका हरेक राज्य र प्रदेशमा भने हुँदैन।

अस्ट्रेलियाका कुन राज्य र प्रदेशमा डेलाइट सेभिङ हुन्छ?

डेलाइट सेभिङ हुने ठाउँहरू:

  • न्यु साउथ वेल्स
  • भिक्टोरिया
  • साउथ अस्ट्रेलिया
  • टास्मेनिया
  • अस्ट्रेलियन क्यापिटल टेरिट्री
  • नअरफक आइल्यान्ड

डेलाइट सेभिङ नहुने ठाउँहरू:

  • क्वीन्सल्यान्ड
  • नर्दन टेरिट्री
  • वेस्टर्न अस्ट्रेलिया
  • क्रिसमस आइल्यान्ड
  • कोकोस (कीलिङ) आइल्यान्ड

यस कारणले, डेलाइट सेभिङको समयमा क्वीन्सल्यान्ड अस्ट्रेलियाको बाँकी पूर्वीय तटभन्दा एक घण्टा पछाडि हुन्छ भने नर्दन टेरिट्री डेढ घण्टा पछाडि हुन्छ।

वेस्टर्न अस्ट्रेलियाको समय भने तीन घण्टाले ढिलो हुन्छ।

People relaxing in a park next to a lake at sunset
Daylight saving lasts for six months. Source: Getty / Tim E White

डेलाइट सेभिङ अस्ट्रेलियाभर किन हुँदैन?

गर्मी महिनाहरूमा हरेक दिन एक घण्टा थप्नलाई तयार गरिएको डेलाइट सेभिङ अवलोकन गर्ने वा नगर्ने भन्ने कुरा राज्य र प्रदेशमा निर्भर गर्छ।

सन् १९१६ मा पहिलो विश्वयुद्धको समयमा ऊर्जा बचत गर्ने प्रयासमा डेलाइट सेभिङ सुरु गर्ने पहिलो राज्य टास्मेनिया थियो।

त्यसको एक वर्ष पछि बाँकी राज्य र प्रदेशहरूले लागु गरेका थिए, तर त्यो सन् १९१८ मा हटाइयो।

पछि दोस्रो विश्वयुद्धको समयमा सन् १९४२ र १९४४ को बिचमा यसलाई अस्थायी रूपमा पुनः लागु गरिएको थियो।

सन् १९६७ मा टास्मेनियाले फेरि डेलाइट सेभिङ ल्याएपछि, भिक्टोरिया, न्यु साउथ वेल्स, साउथ अस्ट्रेलिया, अस्ट्रेलियन क्यापिटल टेरिट्री, र क्वीन्सल्यान्डले पनि सन् १९७१ मा यसको सुरुवात गरेका थिए।

तर सन्शाइन स्टेट पनि भनेर चिनिने क्वीन्सल्यान्डमा भने यो सन् १९७२ सम्म मात्र लागु भएको थियो।

त्यस पछिका वर्षहरूमा डेलाइट सेभिङ गर्ने कि नगर्ने भनेर क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलिया दुवैले गरेका जनमत सङ्ग्रहहरूमा राज्यका बासिन्दाहरूले यस विरुद्ध मतदान गरेका थिए।

ब्रिस्बेनका लर्ड मेयर एड्रियन श्रिनरले सन् २०२२ मा अर्को डेलाइट सेभिङ जनमत सङ्ग्रहको लागि आह्वान गरेका थिए।

तर उक्त विषय सरकारको प्राथमिकतामा नरहेको भन्दै तत्कालीन स्वास्थ्य मन्त्री अभेट डाथले प्रस्ताव अस्वीकार गरेकी थिइन्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now