Key Points
- बायोडाटाले तपाईँको कामको अनुभव, शिक्षा र सीपहरूको मुख्य बुँदा र तपाईँका उपलब्धिहरूलाई हाईलाइट गर्दछ।
- आफूले अप्लाई गर्ने पद अनुसार नै रेजुमे र एप्लिकेशन बनाउनुपर्छ ।
- आफ्नो एप्लिकेशन र जागिर अन्तवार्तामा आफ्नो सीप र अनुभव प्रस्तुत गर्ने तरिकाहरू खोज्नुहोस्।
तपाईँ अस्ट्रेलियामा आफ्नो करिअर सुरु गर्दै हुनुहुन्छ भने सुरु सुरुमा जब एप्लीकेसन तयार गर्न धेरै समय लाग्छ, धेरै मिहेनत पनि गर्नुपर्छ।
अधिकांश रोजगारदाताले अन्तरवार्ता अघि नै तपाईँको कामको अनुभव र तपाईँसँग के कस्ता सीपहरू छन् भनेर लिखित प्रमाण खोज्छन्।
कामको विज्ञापन कसरी पढ्ने ?
न्याटली पर्ट जबस्पिक एकेडेमीमा अस्ट्रेलिया बाहिर बाट आएकालाइ आफ्नै क्षेत्रमा कसरी करिअर सुरू गर्ने भन्नेबारे तालिम दिन्छिन्।
"धेरै जसो अस्ट्रेलियन कम्पनीहरूले अस्ट्रेलियामा काम गरेको अनुभवलाई धेरै मान्यता दिन्छन्, त्यसैले सुरुमा आफूले सोचे अनुसार काम नपाउन पनि सकिन्छ।"
विज्ञापनहरू हेर्दा, उक्त कामको लागी कुनै विशेष आवश्यकताहरू छन् कि छैनन् भनेर ध्यान दिनुपर्छ।
एम्स अस्ट्रेलियाको सर्भिस डेलिभरी म्यानेजर म्यान्डी र्याटक्लिफ यस्तो सल्लाह दिन्छिन्।
"रोजगार दातालाई ट्याक्स फाइल नम्बर (टीएफएन), पुलिस चेक, वर्किङ विथ चिल्ड्रेन लगायत डकुमेन्टहरू आवश्यक हुन सक्छ, त्यसैले रोजगारदाताले के चाहेका छन् राम्रो सँग ध्यान दिनुपर्छ।"
विज्ञापन राम्ररी पढ्नु पर्छ। तपाँइले जब एप्लीकेसन दिनुभएको काममा के के कामहरू गर्नुपर्छ ? रोजगारदातालाई चाहिने विशेषताहरू के के छन् हेर्नुपर्छ । हाईरिङ म्यानेजर समेत रहेका इन्जिनियर जोग लिम्बु भन्छन् ,
म यो कामको लागि सबैभन्दा उपयुक्त छु र मलाई यो कामको एकदम जरूरी छ भनेर रेज्युमेको सुरूकै लाइनमा देखाउन सक्नु पर्छ ।जोग लिम्बु, हायरिङ म्यानेजर इन्जिनियरिङ्ग

तपाईँको रेज्युमे
रोजगारदाताले तपाँइको सीप र अनुभवको बारेमा एकदम छिटो वा थोरै समयमा बुझ्ने भनेको तपाँइको सीभी वा रेज्युमे बाट हो।
रेज्युमे भनेको दुई देखि तीन पानामा तयार गर्नुपर्छ, जहाँ तपाँइले आफ्नो कामको अनुभव, सीप र पढाइको बारेमा मुख्य मुख्य कुराहरू लेख्नुपर्छ।
पिपल एन्ड कल्चरका रवि मोरम्यान भन्छन् "रेज्युमे बनाउनको लागी कुनै नियम छैन, यसलाई धेरै तरिकाबाट र विभिन्न कामको लागि फरक किसिमको पनि बनाउन सक्नुहुन्छ ।"
“जब एप्लीकेसन जुन पदको लागी छ, त्यही अनुसार रेज्युमे तयार गर्नुपर्छ । आफूसँग भएका सबै कामका अनुभव लेख्ने भन्दा पनि जुन अनुभव ‘जब एप्लीकेसनमा चाहिएको छ उक्त कुराहरू मात्र उल्लेख गर्नुपर्छ। “
र अर्को महत्त्वपूर्ण कुरा भनेको कामको विज्ञापनमा जस्तो किसिमको भाषा, शैली र शब्द प्रयोग भएको छ, त्यसै अनुसार मुख्य शब्दावली, वाक्यांश र सन्दर्भहरू प्रयोग गर्नुपर्छ ।
तर सँगै यो पनि सम्झनुपर्छ कि विज्ञापनमा जे लेखिएको छ, त्यो सबै जस्ताको त्यस्तै भने लेख्नु हुँदैन।
धेरैजसो रिक्रुटमेन्ट प्रोसेसहरूमा उमेर, धर्म, शारीरिक क्षमता, लिङ्गको बारेमा सोध्नु अवैध हो।
रेज्युमे बनाउनको लागी विभिन्न अनलाइन स्रोतसाधन र टेम्पेल्टहरू पनि पाइन्छ।
साथै, एम्स अस्ट्रेलिया र माइग्रेन्ट रिसोर्स सेन्टरहरूले पनि तपाईँलाई रेज्युमे बनाउन सहयोग गर्न सक्छन्।
कभर लेटर कसरी लेख्ने
रेज्युमे सँगै एक पेजको कभर लेटर पनि बुझाउनुपर्छ। यसमा तपाँईले आफू किन यो कामका लागी योग्य भएको र यसमा आवेदन दिन के कुराले उत्प्रेरित गर्यो लेख्नुपर्छ।
मोरम्यान भन्छन्, रोजगार दाताले धेरै कभर लेटर हेरेका हुन्छन्, त्यसैले उनीहरूको ध्यान खिच्ने गरी कभर लेटर तयार गर्नुपर्छ।
"कभर लेटर तयार गर्दा त्यसमा केही केही समय दिएर विज्ञापनमा उल्लेख भए अनुसार नै तयार गर्नुपर्छ । रोजगारदाताले हेर्दा त्यसमा तपाइको मिहेनत देखिनुपर्छ।"

त्यस्तै, छनोट प्रक्रियामा रोजगारदाता वा एम्प्लोयरले तपाईँ केही प्रश्नहरू पनि सोध्न सक्छन् - जसलाई सेलेक्नस क्राइटेरिया भनिन्छ।
यसमा तपाँइले आफू यस पदको लागी योग्य छु भनेर आफ्नो सीप, अनुभव, विशेषताहरू देखिने गरी लेख्नुपर्छ।
सेलेक्सन क्राइटेरिया पुरा गर्दा कुराहरू नदोहोरिनका लागि कभर लेटर छोटो भए पनि हुन्छ। साथै आफू कुन पदको लागी काममा आएको हो, त्यसलाई चाहिने सबै डकुमेन्टहरू बुझाउनुपर्छ।
र अन्तरवार्ता सकिएपछि
म्यान्डी र्याटक्लिफ भन्छिन् कि सबै आवेदन अन्तिम पटक राम्ररी हेर्नुपर्छ, ग्रामर र स्पेलिङ चेकिङ महत्त्वपूर्ण हुन्छ।
र जब एप्लीकेसन को डेडलाइन कहिले हो त्यो पनि ध्यान दिनुपर्छ।

अन्तरवार्ताको तयारी
तपाईँले आफ्नो साथीहरू सँग पनि अन्तरवार्ताको तयारी गर्न सक्नुहुन्छ । जोग लिम्बु भन्छन्, "अन्तरवार्तामा जाँदा शरीरको हाउभाउ लगायत, एक्सप्रेसन सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ।"
म्यान्डी रर्याकिल अन्तरवार्तामा सफल हुन तपाईँले लगाएको लुगा पनि पनि महत्त्वपूर्ण रहेको बताउँछिन्। उनी वेल ड्रेस भएर जान सुझाव दिन्छिन्।
"क्याजुयल ड्रेस लगाएर अन्तवार्तामा जानु हुदैँन। फर्मल ड्रेस लगाउनु महत्त्वपूर्ण हुन्छ भने आत्मविश्वास सहित प्रस्तुत हुनुपर्छ।"

वेटिङ गेम
अन्तरवार्ता सकिसकेपछि अन्तिम छनोटको प्रक्रियाको लागी केही समय कुर्नुपर्ने हुन्छ , कहिलेकहीँ त वेटिङ गेम जस्तै लाग्न सक्छ।
रवि मोरम्यान बताउँछन, "रोजगारदाताको लागी पनि यो महत्त्वपूर्ण हुन्छ कि काममा आवेदन दिनेहरूलाई इमेल वा कुनै माध्यमबाट आवेदन प्रक्रियाबारे जानकारी गराइरहनुपर्छ।"






