शनिवार, जुलाई २६ मा हुन गइरहेको गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलिया बारे हामीले चुनाव सम्बन्धी कानूनी पक्ष, मतदाताको प्रमाणीकरण, भोटिङ प्रक्रिया, अध्यक्ष पदका लागि उम्मेदवारहरूका प्रमुख उद्देश्य लगायतका विषयमा अस्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोथाने, प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकाल तथा अध्यक्ष पदका तीन मध्ये दुई उम्मेदवारहरू सन्तोष कुँवर र भैरव ढकालसँग गरेको कुराकानी सुन्नुहोस्। उक्त पदका बाँकी अर्का एक उम्मेदवारसँग कुरा गर्ने हाम्रो प्रयास जारी छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





