गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)का अध्यक्ष बद्री केसी हाल अस्ट्रेलिया भ्रमणमा छन्। मेलबर्नस्थित कोबर्गमा बिहीवार, १९ सेप्टेम्बरमा एनआरएनए भिक्टोरियाले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित भएका केसीले सबैभन्दा धेरै साधारण सदस्य रहेको एनआरएनए अस्ट्रेलियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। एनआरएनएको निर्वाचन सम्बन्धि पछिल्लो विवाद र आगामी योजनाबारे अध्यक्ष केसी लगायत कार्यक्रमका सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीका सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





