निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको विधेयकमा नेपालको निर्वाचन आयोगले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने प्रावधान राखेको छ। त्यसो त सर्वोच्च अदालतले पनि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्न मिल्ने गरी कानूनी प्रबन्ध गर्न आदेश दिएको थियो। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने सम्भावना बारे निर्वाचन सुधारका क्षेत्रमा काम गरिरहेका नागरिक समाजका एक सदस्य, विकल श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





