सेप्टेम्बर १७ तारिखलाई अस्ट्रेलियामा सिटीजनसिप डेका रूपमा मनाउने चलन छ। अस्ट्रेलियन नागरिक हुनुको महत्त्व, वहन गर्नु पर्ने जिम्मेवारी र प्राप्त हुने सुविधाहरूका बारेमा विचार गर्ने अवसरका रूपमा यस दिनलाई लिइन्छ। सन् २००१ बाट मनाउन सुरु गरिएको सिटीजनसिप डेको अवसरमा अस्ट्रेलियाको नागरिकता लिएका नेपाली समुदायका सदस्यहरूले यहाँको नागरिक बनेपछि आफूहरू अझ जिम्मेवार अनुभव गरेको बताएका छन्। नेपाल जाँदा, विदेशी नागरिकको लाइनमा बस्दा असहज लाग्ने भए पनि नेपाल सरकारले दोहोरो नागरिकताको प्रावधान चाँडो गरिदिए सहज हुने उनीहरूले बताए।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





