SKIP TO MAIN CONTENT

एसबीएस नेपाली आर्थिक कुराकानी: के हो सङ्घीय सरकारको ‘होम ग्यारेन्टी स्किम’?

A row of apartments with a 'for sale' sign in front.
Some 70,000 first home buyers are expected to use the government scheme in its first year. Source: AAP / Lukas Coch

अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न लागेका मानिसहरूले पाँच प्रतिशत डिपोजिट बुझाए पुग्ने भएको छ। पहिलो घर किन्न चाहिने कुल मूल्यको २० प्रतिशत ‘डाउन पेमेन्ट’को १५ प्रतिशत ग्यारेन्टी सङ्घीय सरकार आफूले लिने योजना ‘होम ग्यारेन्टी स्किम’ सबै योग्य अस्ट्रेलियनहरूका लागि अक्टोबर १ देखि लागू गर्ने घोषणा गरेपछि, अस्ट्रेलियन नागरिक तथा पीआर भएका अस्ट्रेलियाबासीहरूले आफूले किन्न चाहेको घरको कुल भाउको पाँच प्रतिशत रकम मात्र जम्मा गरे पनि घरधनी हुन पाउने भएका हुन्। यो योजनाको थुप्रैले प्रशंसा गरेता भए तापनि आपूर्तिसँग यसलाई मिलान नगराए, घरजग्गाको भाउ आकासिने सम्भावना रहने केही विश्लेषकहरूको भनाई छ। उक्त सरकारी योजना लगायतका अस्ट्रेलियाको घर-जग्गा बजारका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न लागेका मानिसहरूले पाँच प्रतिशत डिपोजिट बुझाए पुग्ने भएको छ। पहिलो घर किन्न चाहिने कुल मूल्यको २० प्रतिशत ‘डाउन पेमेन्ट’को १५ प्रतिशत ग्यारेन्टी सङ्घीय सरकार आफूले लिने योजना ‘होम ग्यारेन्टी स्किम’ सबै योग्य अस्ट्रेलियनहरूका लागि अक्टोबर १ देखि लागू गर्ने घोषणा गरेपछि, अस्ट्रेलियन नागरिक तथा पीआर भएका अस्ट्रेलियाबासीहरूले आफूले किन्न चाहेको घरको कुल भाउको पाँच प्रतिशत रकम मात्र जम्मा गरे पनि घरधनी हुन पाउने भएका हुन्। यो योजनाको थुप्रैले प्रशंसा गरेता भए तापनि आपूर्तिसँग यसलाई मिलान नगराए, घरजग्गाको भाउ आकासिने सम्भावना रहने केही विश्लेषकहरूको भनाई छ। उक्त सरकारी योजना लगायतका अस्ट्रेलियाको घर-जग्गा बजारका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now