आर्थिक वर्ष २०८२/८३का लागि भन्दै नेपाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। तर विपक्षी दलहरूले सदन अवरुद्ध गरेकाले बजेटबारे सङ्घीय संसद्मा छलफल हुन सकेको छैन र बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको भनाइहरू पनि निजी क्षेत्रबाट आइरहेका छन्। यसै सन्दर्भमा युवा र विदेशमा बस्ने नेपालीका लागि बजेटमा रहेका प्रावधानहरूबारे नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





