तिब्बतका धर्मगुरु दलाई लामाले आइतबार, ६ जुलाई २०२५ मा आफ्नो ९० औँ जन्मदिन मनाउँदै छन्। यही अवसरमा मेलबर्नमा विशेष कार्यक्रम गर्ने तयारीमा रहेका टिबेटन कम्युनिटी अफ भिक्टोरियाका टेन्जिङ येशी भन्छन् कि यो दोस्रो पुस्तालाई तिब्बती कला संस्कृति सिकाउने मौका पनि हो। योसँगै आउँदो दलाई लामा को होलान् भन्ने विषयमा येशी लगायत मेलबर्नका लामा कुन्चोक भुटिया, शेर्पा एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष पेम्बा शेर्पा र पूर्वाध्यक्ष मिङ्मार शेर्पा, तामाङ सोसाइटी अफ भिक्टोरियाका मदन लामा तामाङ र खुसाङ पाख्रिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





