नेपालले संयुक्त अरब इमिरेट्समा आयोजना भएको टी-२० सिरिज अन्तर्गत सोमवार राति भएको खेलमा वेस्ट इन्डिजलाई ८३ रनमै अलआउट गरेर एसोसिएट राष्ट्रले पूर्ण सदस्य माथि हालसम्मकै सबैभन्दा ठुलो अन्तरको जित हासिल गर्न सफल भएको छ। पूर्ण सदस्य राष्ट्रलाई एउटा एसोसिएट राष्ट्रको ऐतिहासिक जितको रूपमा यसलाई हेरिँदै गर्दा, उक्त खेलमा नेपालले ९० रनको फराकिलो अन्तरले जितेको हो। मङ्गलवार नेपालले वेस्ट इन्डिज विरूद्ध भएको अन्तिम खेलमा भने १० विकेटले हार बेहोरेको छ। सोमवारको खेल पछि मेलबर्नस्थित क्रिकेट खेलाडी एवम् अम्पायर सन्तोष बस्ताकोटीसँग नेपालको प्रदर्शनलाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





