Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाली क्रिकेटमा दक्षिण एसियाली खेलाडीहरूको प्रतिनिधित्व किन कम छ?

Colours of cricket episode one 16-9.jpg

Gurinder Sandhu, Alana King and Usman Khawaja Credit: Getty AAP

दक्षिण एसियाका धेरै देशहरूमा क्रिकेटलाई धर्म जस्तै मानिन्छ, अस्ट्रेलियामा क्लब क्रिकेटलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका दक्षिण एसियाली खेलाडीको प्रतिनिधित्व चाहिँ राष्ट्रिय टिममा किन कम छ त?


Published

Presented by Preeti Jabbal, Kulasegaram Sanchayan

Source: SBS



Share this with family and friends


दक्षिण एसियाका धेरै देशहरूमा क्रिकेटलाई धर्म जस्तै मानिन्छ, अस्ट्रेलियामा क्लब क्रिकेटलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका दक्षिण एसियाली खेलाडीको प्रतिनिधित्व चाहिँ राष्ट्रिय टिममा किन कम छ त?


क्रिकेट अस्ट्रेलियाको तथ्याङ्कका अनुसार यहाँ दर्ता भएका ३२% क्रिकेट क्लबहरूमा विदेशमा जन्मिएका वा आप्रवासी अभिभावकका सन्तानहरूको प्रतिनिधित्व छ।

फेयरफ्याक्स मिडियाले सन् २०१९ मा सार्वजनिक गरेको एक रिपोर्टमा पनि, अस्ट्रेलियाली क्रिकेटमा सबैभन्दा बढी नाम चलेका तीन थर मध्ये, दुई वटा भारतीय रहेको सार्वजनिक भएको थियो।

सिंह अस्ट्रेलियाली क्रिकेटमा छाएको थरमा पहिलो नम्बरमा परेको थियो भने पटेल थर भएका मानिसहरू बाहुल्यता तेेस्रो वरियतामा थियो।

यसै गरी कुमार, शर्मा र खान पनि ३० चल्तीका थरहरू मध्ये पर्दछन्।

पहीलोपटक अस्ट्रेलियाली क्रिकेटले धक्का महसुस गरेको छ, जसका कारण अस्ट्रेलियाली क्रिकेट परिवर्तनका लागि बाध्य भएको छ
पेट्रिक स्किन, खेल सम्बन्धी लेखक

अस्ट्रेलियाली क्रिकेटको आधारभूत तहमा बलियो पकडका बाबजुद, “ब्यागी ग्रीन क्याप“ लगाएर मैदानमा उत्रन पाउने दक्षिण एसियाली खेलाडीहरूको सङ्ख्या भने मुठ्ठीभर मात्र छ।

अस्ट्रेलियाका ४७० जना पुरुष क्रिकेट खेलाडी मध्ये केवल चार जनाले मात्र, हालसम्म एसियाको प्रतिनिधित्व गर्ने मौका पाएका छन्।

उस्मान खवाजा, लिसा स्थलेकर, अलाना किङ्ग र गुरीन्दर सन्धुले मात्र अस्ट्रेलियाली राष्ट्रिय क्रिकेटमा स्थान पाएका छन्।

रयाकिङ्गबाट माथि उठ्न निकै मुस्किल थियो, म पाकिस्तानी थिए, सेता मानिसहरूको देशमा म खैरो छाला भएको मानिस, जुन एक हिसाबले राम्रो र नराम्रो दुवै थियो, राम्रो गर्दा नजरमा पर्ने म, केही नराम्रो गर्दा पनि नजरमा परिहाल्थे
उस्मान ख्वाजा, अस्ट्रेलियन टेस्ट क्रिकेटर

त्यसो भए के कुराले राष्ट्रिय टिमसम्म पुग्न दक्षिण एसियाली खेलाडीहरूलाई रोकिरहेको छ त?

के यहाँ प्रणालीगत समस्याहरू छन् वा स्पष्ट मार्गहरूको अभाव छ?

वा आर्थिक एवं सांस्कृतिक अवरोधहरू छन् कि वा जातिवाद वा भेदभावले भूमिका खेल्छ?

मलाई लाग्छ कि क्रिकेट अस्ट्रेलिया र राज्यका सबै निकायहरू सबै धर्म, उमेर, आकार, लिङ्गका आधारमा समावेशी वातावरण सिर्जना गर्न अत्यन्त मेहनतका साथ लागिरहेका छन्। मलाई लाग्छ, कि रयाङ्गकबाट उपमहाद्धिपका खेलाडीहरू बिस्तारै आउनेछन्
लिसा स्थलेकर, पूर्व अस्ट्रेलियाली क्याप्टेन

कर्लस अफ क्रिकेट पोडस्टको पहिलो एपिसोड सुन्नुहोस्।

यस भागमा उस्मान खवाजा, लिसा स्थलेकर, गुरिन्दर सन्धु, अर्जुन नायर, प्रशिक्षक गणेश माइल्वागनम र अन्य विज्ञहरूको भनाईहरू समेटिएको छ।

तपाईँलाई क्रिकेटका बारेमा कत्तिको ज्ञान छ, तलको हाजिरी जवाफ मार्फत जाँच्न सक्नुहुन्छ।

Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बांग्ला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now