शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, डार्विनबाट सञ्जीव गोर्खाली ढकाल र पर्थबाट भैरव ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। यी तीन मध्ये सन्तोष कुँवर र भैरव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सञ्जीव गोर्खाली ढकालसँगको कुराकानी छुट्टै उपलब्ध छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





