गत शनिवार, जुलाई १२ मा “अनेसास कविता महोत्सव २०२५” सम्पन्न भएको छ। सिड्नीको ब्ल्याकटाउनमा सम्पन्न उक्त कार्यक्रममा करिब ३६ जना साहित्य सर्जकहरूले आफ्ना रचना वाचन गरेको अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरलेको भनाई छ। दुईसय बाह्रौं भानु जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल उपस्थित भएका थिए। वर्तमान साहित्य, सोसल मिडिया र नाममा “वाकर” राख्नुका कारणबारे एसबीएस नेपालीले पौडेलसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





