अस्ट्रेलियाको भिक्टोरिया लगायत टास्मेनिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया जस्ता राज्यहरूमा ‘फुटी‘ वा अस्ट्रेलियन रुल्स फुटबल यानी एएफएल लोकप्रिय शितकालिन खेलका रूपमा रहँदै गर्दा न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा भने रग्बीको राम्रो पकड रहेको छ। तर कसरी खेलिन्छ रग्बी अनि अनि के-कस्ता छन् त अण्डाकार बल भएको यो खेलका नियमहरू? एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा आज हामी यिनै कुराहरूमा केन्द्रित रहँदै सिड्नी स्थित इस्ट क्याम्बेलटाउन इगल्स र इगल्बर्न टाइगर्ससँग अनुबन्धित भएका एक नेपाली पृष्ठभूमिका खेलाडी अभिनम कुँवर, रग्बीका फ्यानका रूपमा आफूहरूलाई चिनाउने सम्राट् लामिछाने तथा लव श्रेष्ठ अनि रग्बी मैदानमा काम गरेको अनुभव भएका अर्का एक नेपालीभाषी साहिल श्रेष्ठसँगको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट सुन्नेछौं।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





