दक्षिणी सिड्नीको हर्स्टभिलमा रहेको एक नेपाली मोबाइल पसलमा चोरी भएको छ। मङ्गलवार, ८ जुलाई बिहानको करिब ३:१५ देखि ४:०० बजे भित्रको समयमा कथित रूपमा ‘ब्रेक, एन्टर एन्ड स्टीइल’ सम्बन्धी एक घटनाको जानकारी आफूहरूले सोही दिन बिहान १०:३० को आसपास पाएपछि अनुसन्धान सुरु गरिएको न्यु साउथ वेल्स पुलिसका एक प्रवक्ताले एसबीएस नेपालीलाई बताएका छन् भने पसलका सञ्चालक रामचन्द्र गौतमले भने तीन हप्ता अघि मात्र खोलिएको आफ्नो उक्त पसलबाट कथित रूपमा साइकलमा आएका एक व्यक्तिले दुई सय नगद र ग्राहकका केही थान मोबाइल, एप्पल वच, इयरफोन लगायतका ९ देखि १० हजार अस्ट्रेलियन डलरको सामान लगेको दाबी गरेका छन्। सेन्ट जोर्ज पुलिस एरिया कमान्डका अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेकाले र कसैसँग थप जानकारी भए सेन्ट जोर्ज पुलिस वा क्राइमस्टपर्सलाई १८०० ३३३ ००० मा खबर गर्न प्रहरीले भनेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





