अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यो वर्ष पनि 'ए' डिभिजन लिग नगर्ने भनेपछि नेपाली फुटबल खेलाडीहरू अगिल्लो साता त्यसको विरोधमा उत्रिएका थिए। विरोध स्वरूप उनीहरूले “ए डिभिजन लिग कहिले?” भन्दै भिडियो बनाएको र आफूहरूले जितेका मेडलहरू एन्फा मुख्यालयको गेटमा लगेर टाँगिदिएका तस्बिरहरू सार्वजनिक भएका हुन्। उक्त विवाद मिलाउन युवा तथा खेलकुद मन्त्रालयले दुवै पक्षबिच मङ्गलवार, ११ नोभेम्बरमा वार्ता गरेपछि त्यसको १२० दिन भित्र 'ए' डिभिजन लिग गर्न एन्फा सहमत भएको बताइएको छ। तर लिग सुरु नहुँदासम्म भने खबरदारी गरी नै राख्न पर्ने खेलाडीहरूको भनाई छ। फुटबल खेलाडीहरूले किन राखे त 'ए' डिभिजन लिगकै माग भन्ने बारे नेपाल संवाददाता प्रतिक्षा दुलाले फुटबल खेलाडी सङ्घका कोषाध्यक्ष विशाल श्रेष्ठसँग कुराकानी गर्नुभएको छ। यसै बारे एन्फाको तर्फबाट जानकारी लिने क्रममा एन्फाका प्रवक्ता सुरेश शाहले आगामी चार महिना भित्र लिग गर्न सङ्घ तयार रहेको दुलालसँगको कुराकानीमा बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





