सिड्नीमा हालै सम्पन्न भएको 'सिर्जना संगम' कार्यक्रमले नेपाल तथा अस्ट्रेलियामा रहेका केही गजलकार, कवि र गायकलाई एकै ठाउँमा ल्याउने प्रयत्न गरेको छ। गजल तथा कविता, नेपालको राजनीतिले जनतामा ल्याएको उदासीनता र अहिलेको समयमा परिवर्तित हुँदै गएको व्यक्तिगत सम्बन्धहरूमा केन्द्रित थिए। कार्यक्रमका संयोजक प्रकाश निङ्लेखुले एसबीएस नेपालीसँग कुरा गर्दै अस्ट्रेलियामा रहेको व्यस्तताका बिच, यस किसिमका कार्यक्रमहरूले साहित्यकर्मीलाई केही प्रेरणा दिनेमा आफू विश्वस्त रहेको बताएका छन्।
गोर्खा नेप्लिज कम्युनिटी तथा शब्दाङ्कुर बुक्स एन्ड पब्लिकेसनको संयुक्त आयोजनामा शनिवार, ६ ज्यानुअरीमा सिड्नीमा एक साहित्यिक कार्यक्रम भएको थियो।
उक्त कार्यक्रममा विभिन्न साहित्यिक प्रस्तोताले आ-आफ्नो सिर्जना सुनाएका थिए।
गजलकर्मी ज्ञानुवाकर पौडेल, नेपालका पूर्व सांसद तथा सिर्जनाकर्मी विजय सुब्बा, क्यानबेरास्थित नेपाली दूतावासका अधिकारी तथा साहित्य प्रेमी भोगेन्द्र लिङ्देन र गायिका सुष्मा गुरुङले आ–आफ्नो प्रस्तुति दिएका थिए।
Share





