कोरोना महामारी कम गर्नका लागि सबैभन्दा उत्तम उपाय भनेको प्रत्येक मानिसले सरसफाइमा ध्यान दिने नै हो।
अझ सार्वजनिक स्थल वा हामी नियमित गइरहने स्थानको सरसफाइ निकै महत्त्वपूर्ण हुन्छ र यस्तै स्थानबाट नै अनेक रोगहरू पनि घरमा भित्रन्छन्।
तर के यस्ता सार्वजनिक स्थलमा महामारीलाई विशेष ध्यानमा राख्दै सार्वजनिक स्थानमा सरसफाइ उचित ढङले भइरहेको छ त?
यस्ता सार्वजनिक स्थलमा सरसफाइको जिम्मेवारी पाएका मजदुरहरूले भने सरसफाइका लागि पर्याप्त समय, साधन र तालिम आफूहरूलाई नदिएको एक सर्वेक्षण मार्फत गुनासो पोखेका छन्।

मेलबर्नमा कोरोना महामारीले उग्र रूप लिइरहँदा योसँग लड्नका लागि अग्रपङतिमा उभिने मध्ये सद्धाम हुसेन पनि एक हुन।
नेपालबाट विद्यार्थीका रूपमा एकाउन्टीङ पढ्न अस्ट्रेलिया आएका सद्धाम पढाई पछि बचेको समय पार्ट टाइम क्लिनरका रूपमा एक स्कुलमा काम गर्छन्।
आफूलाई जोखिममै राखेर भए पनि निरन्तर रूपमा सबै किसिमका काम गरिरहेको बताउँछन्।

कोरोना महामारीको आगमनसँगै उनको कक्षा कोठाको पढाई अनलाइनमा पुग्यो अनि आफूले गदै आइरहेको सिफ्टमा पनि निकै कटौती भयो।
कुनै सरकारी सहयोग नपाएको कारण आफ्नो दैनिकी निकै कठिन भएको उनी बताउँछन्।
आप्रवासी र विद्यार्थीहरुमा आश्रित सरसफाइको व्यवसाय स्कुल कलेज र सहरमा रहेका अधिकास कार्यलयहरु बन्द रहेका कारण प्रभावमा परेको छ।
माइग्रेन्ट काउन्सिलकी कार्ला विल्सायर भन्छिन्, “सरकारी अनुदान नपाउने यस्ता अस्थायी भिसामा हरेकाहरुको अवस्था कोरोनाका कारण निकै जटिल बनेको छ।”

कतिपय स्थानमा भने कोभिड-१९ का कारण मानिसहरूले धेरै काम पनि पाइरहेका छन्। बिषेगगरी मानिसको भिड भाड हुने स्थानमा निरन्तरमा रूपमा सफाइ गरिरहनु पर्ने भएकाले सरसफाइ उद्योगमा काम गर्ने मानिसहरूले मनग्यै काम पाएका छन्।
युनाईटेड वर्कस युनियनकी जोर्जिया पोर्टर-बटलरले सार्वजनिक स्थल वरपर गरिने सरसफाइमा निरन्तर गुणस्तरीयता कायम गर्न नसकिएको बारे प्रतिक्रियाहरू बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
सरसफाइलाई निकै महत्त्वका साथ हेरिन्छ पनि तर यसमा कार्यरत कर्मचारीहरूलाई सुरक्षित महसुस गराउन,उनीहरूप्रति सदाशयता प्रकट गर्न उनीहरूको आवश्यकताहरूको पहिचान गर्न नसक्नुमा समस्या भइरहेको उनी बताउँछिन्।

महामारीका बेला युनियनले गरेको एक सर्वेक्षणका क्रममा सहभागी ५०० सरसफाइ मजदुर मध्ये ९१ प्रतिशतले कम समय दिइएकाले आफूहरूले हतारमा काम गर्नुपर्ने बताएका थिए।
यसै गरी १० मध्ये ८ जनाले उपयुक्त साधनको कमी रहेको र अधिकास मजदुरहरूले आफूसँग उपयुक्त पीपीई नभएको गुनासो गरेका छन्।
त्यस्तै, ७० प्रतिशतले कामका लागि आफूलाई उपयुक्त तालिम नदिइएको बताएका थिेेए।

यो सर्वेक्षणलाई आफूहरूले गम्भिरतका साथ लिएको र यसको समाधान आवश्यक भएको पोर्टर-बटलर बताउँछिन्।
उनी भन्छिन्, “कामदारलाई आवश्यक समय र साधनहरू दिए सोचे जस्तो प्रतिफल सजिलै प्राप्त हुन्छ।”
उता, अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी वर्ष सरसफाइको क्षेत्रमा रोजगारीका अवसर ३ गुणाले बढ्ने आङ्कलन गरेको छ।
सम्बन्धित सामाग्री:

महामारीका कारण तास्मानियामा काम पाउन गाह्रो, पाइहाले पनि हातमुख जोर्न धौ-धौ

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:






