Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नर्सहरूको प्रदर्शन: "सेवाका लागि पर्याप्त कर्मचारीहरू नै छैनन्”

Aged Care, Reform, Filipino News, Royal Commission Aged Care

Protesters in Victoria demanding the federal government take action on aged care on low wages, poor work condition and and severe under-staffing Source: SBS

शाही आयोगले सार्वजनिक गरेका १४८ वटा सुझावहरूको कार्यान्वयन नभएको भन्दै नर्सिङसँग सम्बन्धित विभिन्न सङ्गठनहरूले विरोध गरेका छन्।


Published

Updated

Source: SBS



Share this with family and friends


शाही आयोगले सार्वजनिक गरेका १४८ वटा सुझावहरूको कार्यान्वयन नभएको भन्दै नर्सिङसँग सम्बन्धित विभिन्न सङ्गठनहरूले विरोध गरेका छन्।


कम तलब, कामको खराब अवस्था र कर्मचारी अभावका कारण कामदार र त्यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकले सम्झौता गर्नु परेको भन्दै भिक्टोरियामा विरोधमा उत्रिएकाहरूले सङ्घीय सरकारसँग समस्याहरूको समाधानका लागि माग गरेका छन्।

भिक्टोरियामा नर्सहरूले स्थानीय सांसदहरूको कार्यालय अगाडी विरोध प्रदर्शन गदै आफ्ना मागहरू सुनाएका छन्।

विरोधमा सहभागी अस्ट्रेलियन नर्सिङ तथा मिडवाईफरी महासङ्घकी सचिव लोरी एन सार्पले शाही आयोगले दिएका सुझावहरूको कार्यान्वयनमा सङ्घीय सरकारले पर्याप्त काम नगरेको आरोप लगाइन्।

“यसले हाम्रा सदस्यहरूलाई तानेको छ, हाम्रा कमजोर बासिन्दाहरूलाई आवश्यक हेरचाह प्राप्त गर्न असमर्थ बनाएको छ,” उनले भनिन्।

“सेवाका लागि पर्याप्त कर्मचारीहरू नै छैनन्।”

गत वर्ष सार्वजनिक भएको शाही आयोगको अन्तिम प्रतिवेदनले एज्ड केयर क्षेत्रमा भइरहेका गतिबिधिहरुको निन्दा गदै; वृद्ध बासिन्दाहरूको आवश्यकता पुरा नभएको, उपेक्षाका प्रमाणहरू भेटिएको तथा कामदारको सङ्ख्या र बासिन्दाहरूबिचको तालमेल नमिलेको जस्ता विषयहरूलाई उठान गरेको थियो।

Numerous investigations are underway into the suspicious deaths of five people at a Baptist-run aged care home in Townsville.
Numerous investigations are underway into the suspicious deaths of five people at a Baptist-run aged care home in Townsville. Source: AAP

नर्सिङ एन्ड मिडवाईभरी फेडेरसेन भन्छ कि भिक्टोरियामा १६,००० सदस्यहरूमा गरिएको एक सर्वेक्षणमा सहभागीहरूले परिवर्तनको महुशस गरेका छैनन्।

यता विपक्षी दलका नेता एन्थोनि एल्बानेजी भन्छन् कि कामको सन्दर्भमा कर्मचारीको प्रगति र कर्मचारीहरूका लागि ज्याला वृद्धि मात्रै पर्याप्त छैन।

“एज्ड केयर कर्मचारीहरूले पछिल्ला वर्षहरूमा कमजोर अस्ट्रेलियालीहरुलाई समर्थन गर्न साहसी ढङ्गले काम गरिरहेका छन्, हामीले अझ राम्रो काम गर्न जरुरी छ,”

“शाही आयोगको वार्षिकोत्सवका क्रममा सरकारले कोषमा वृद्धि गर्ने घोषणाको अपेक्षा गरिएको छ र यो जरुरी पनि छ।”

यस क्षेत्रका विज्ञहरूका अनुसार एज्ड केयर होमहरूमा बसोबास गर्ने मानिसहरुसंगको सहकार्य र संलग्नताका विषयमा पनि सुधार गरिनु आवश्यक छ, उनीहरूका अनुसार धेरै बासिन्दाहरूले आफ्नो आवाज नसुनिएको गुनासो गर्ने गरेका छन्।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नेशनल सिनीयर्स अस्ट्रेलियाका प्राध्यापक जोन म्याकलमका अनुसार त्यहाँका बासिन्दा आफैले आफ्नो स्वास्थ्य जीवनको समग्र गुणस्तर कसरी सुर्धान सकिन्छ भन्ने बारेमा विचार व्यक्त गर्न सक्छन् र धेरैले ती सुविधाहरू घरकै जस्तो होउन् भन्ने अपेक्षा राख्छन्।

“यस्तो भान्छा कोठा होस् जहाँ खाना राम्रोसँग पकाइयोस्, पाक्दै गरेको खानाको बास्ना सबैतिर पुगोस्, मानिसहरूलाई आफ्ना रुचिका बारेमा विकल्पहरू दिइयोस्,” म्याकलम भन्छन्।

सांस्कृतिक र भाषिक रूपमा विविध पुष्टभुमी भएकाहरूसँग लक्षित सञ्चार पनि जरुरी रहेको उनको भनाई छ।

शाही आयोगको अन्तिम प्रतिवेदनका सह–लेखक लिनेल ब्रिग्स पनि ओमिक्रन भेरीएन्टको सङ्क्रमण हुँदा वृद्ध हेरचाह सुविधाहरूमा सुरक्षालाई थप प्राथमिकतामा नराखिएको भन्दै आलोचना गर्छन्।

पूर्व कमिस्नर समेत रहेका ब्रिग्सले उद्योगका नियामक अधिकारहरूलाई फराकिलो बनाउन सङ्घीय सरकारले हालसम्म काम नगरेको प्रति असन्तुष्टि व्यक्त गरे।

सङ्घीय सरकारले भने यस क्षेत्रको सुधारका लागि १८ दशमलव ३ अर्ब खर्च गरेको र वृद्ध अस्ट्रेलियालीहरुको हेरचाह र सुधारका लागि सेवा प्रदायकहरुसंगको सहकार्यलाई जारी राख्ने बताएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now