नेपालको कानूनले विवाह नगरी जोडीहरू सँगै बस्न सक्छन् भन्ने कल्पना नगरेको कानूनका जानकारहरूले बताउँदै आएका छन्। तर यसरी सँगै बस्ने अर्थात् 'लिभ-इन' गर्ने जोडीहरूको सङ्ख्या बढ्दै गएको अनुमान धेरैको छ। यद्यपि यसबारे गहन र आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन। यस्तो अवस्थामा विवाह नगरी बसेका जोडीहरूको कुरा नमिलेपछि भने सामाजिक र कानूनी दुवै पक्षबाट समस्या हुने गरेको जानकारहरूले बताउने गरेका छन्। यसै विषयमा नेपालको राष्ट्रिय महिला आयोगकी अधिवक्ता बिमला खड्कासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका धारणाहरू अन्तर्वार्ता लिइएका व्यक्तिको हो। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कानुनी सल्लाहकारसँग सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





