भिक्टोरियामा भएका आपराधिक घटनामा पीडित भएकाहरूलाई सरकारी समर्थन प्रदान गर्ने 'द भिक्टिम्स असिस्टेन्स प्रोग्राम' ले अस्थायी भिसामा रहेकाहरूलाई समेत समेट्ने बताइएको छ। डीपीभी हेल्थमा प्रोग्राम अफिसर रहेकी सपना खड्काले कसरी यस कार्यक्रमले घटनाको प्रकृति हेरेर पीडितहरूलाई उचित समर्थन प्रदान गर्छ भन्ने बारे एसबीएस नेपालीलाई बताएकी छिन्। खड्काले आफूले काम गर्ने क्रममा नेपाली समुदायका सदस्यहरूलाई कम भेट्ने गरेको बताएकी छिन्। यस्ता घटनामा पीडित नभएकोले भन्दा पनि यस कार्यक्रमबारे धेरै जानकारी नभएकोले नेपालीहरूको उपस्थिति कम भएको हुन सक्ने उनले बताइन। सपना खड्कासँग यस कार्यक्रमले समेट्ने क्षेत्रका बारेमा गरिएको पूरा कुराकानी सुन्नुहोस्।
'द भिक्टिम्स असिस्टेन्स प्रोग्राम' मा पहुँच पाउन डीपीभी हेल्थको वेबसाइटमा जान सक्नु हुन्छ वा १३०० २३४ २६३ मा फोन गर्नुहोस्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्। विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





