Key Points
- तपाईँले सोसल मिडियामा पोस्ट गर्नुभएका लेख, फोटोग्राफी, सङ्गीत र भिडियोमा स्वतः तपाईँको प्रतिलिपि अधिकार हुन्छ।
- प्रतिलिपि अधिकारले हामीले कसैको काम कसरी सेयर गर्ने भनेर सीमित गर्छ।
- ‘क्रिएटिभ कमन्स् लाइसेन्स’ले प्रतिलिपि अधिकार उल्लङ्घन नगरी अरूको सामग्री प्रयोग गर्न अनुमति दिन्छ।
- प्रतिलिपि अधिकार पालना नगर्दा सोसल मिडिया अकाउन्ट बन्द हुने र जरिवाना तिर्नुपर्ने हुन सक्छ।
प्रतिलिपि अधिकार एक प्रकारको कानूनी सुरक्षा हो जुन लेखन, फोटोग्राफी, सङ्गीत र भिडियो जस्ता रचनात्मक सिर्जनाहरूमा लागू हुन्छ।
अरूको सिर्जना सोसल मिडियामा सेयर गर्न जसको सिर्जना हो उसैबाट कपिराइट लिनु पर्छ।
सोसल मिडिया वकिल टिगन ब्रोम्यान ‘कन्टेन्ट क्रिएटर’ र ‘ब्य्रान्ड’हरूलाई कानूनी सल्लाह दिन्छिन्।
अस्ट्रेलियामा कपिराइट रजिस्टर गर्नु पर्दैन।
यो आफ्नो सिर्जनाहरूको स्वतः अधिकार हो र यसमा कुनै शुल्क पनि लाग्दैन।
सोसल मिडियामा तपाईँ के-के मा सहमत हुनुभएको हुन्छ?
त्यस्तै हरेक सोसल मिडिया अकाउन्टहरू खोल्दा उनीहरूको आफ्नै नियम र सर्तहरू हुन्छन् जसलाई पालना गर्नुपर्ने हुन्छ।
यो भनेको उक्त सोसल मिडियामा अरूको सिर्जना सेयर गर्दा पालना गर्नु पर्ने नियम हो।
कुनै पनि कन्टेन्ट क्रिएटरले आफ्नो कामको कपिराइट पाउँछन् तर उनीहरूले आफ्नो काम अरूलाई त्यही सोसल मिडियामा मात्र सेयर गर्ने अधिकार दिए सहमत हुन सक्छन्।
फेसबुक र इन्स्टाग्राम दुवै मेटाको भएको हुनाले एउटै कन्टेन्ट यिनीहरू दुवैमा सेयर गर्न अधिकार दिन सक्छ।
तर तपाईँले अर्को अकाउन्टको काम यी प्लेटफर्महरूमा सेयर गर्नुभयो भने स्वतः त्यसको अधिकार जसले भिडियो बनाएको हो उसैलाई जान्छ।
सोसल मिडियामा सेटिङ मिलाएर अरूको काम सेयर गर्न नमिल्ने बनाउन पनि सकिन्छ।
तर अरूको कन्टेन्ट आफ्नो सोसल मिडियामा यत्तिकै सेयर गर्नु ठिक नहुने ब्रोम्यान बताउँछिन्।

अरूको कामलाई सधैँ ‘क्रेडिट’ दिनुहोस्
पउल मर्रि एक आर्टिस्ट र टेर्चरि तहको भिजुअल आर्टस् शिक्षक हुन्।
कपिराइट कानूनको उल्लङ्घन गर्दै उनको अनुमित बिना उनको काम कपि गरेर फेसबुक पुन हालिएको थियो।
मेरो एक प्रदर्शनीमा सहभागीमध्ये एक जनाले निकै गुणस्तरहीन फोटोहरू लिएर शीर्षक पनि नमिलाईकन फेसबुकमा हालिएको थियो। मेरो नाम पनि गलत हालिएको थियो। त्यसपछि फेसबुकलाई रिपोर्ट गरे र २४ घण्टाभित्र उक्त पोस्ट हटाउन भनियो।पउल मर्रि, आर्टिस्ट एण्ड भिजुअल आर्टस् टिचर
यदि तपाईँले कसैको काम सेयर गर्न चाहनुहुन्छ भने कन्टेन्ट क्रिएटरले कसरी आफ्नो कामको नाम कसरी प्रस्तुत गर्न चाहन्छन् भनेर बुझ्नु गर्छ।
यसको लागि उनीहरूलाई त्यही सोसल मिडियाबाट सम्पर्क गर्न सकिन्छ।
धेरैजसोले आफ्नो काममा उनीहरूको सोसल मिडियामा प्रयोग भएको नाम उल्लेख गर्न भन्छन्।
के हामीले अनुमित नलिईकन अरूको सामाग्री प्रयोग गर्न सक्छौँ?
‘अस्ट्रेलियन कपिराइट एक्ट’ अन्तर्गत केही अपवादहरू छन् जसले तपाईँलाई कसैको प्रतिलिपि अधिकार उल्लङ्घन नगरी अरूको सामग्री प्रयोग गर्न अनुमति दिन्छ।
एलेक्स सोलो ‘स्प्रिन्टल लिगल सर्भिस’का सह-संस्थापक हुन्। उनी भन्छन् ती केही अपवादहरू ‘फेयर डिलिङ’ कानून अन्तर्गत पर्छन्।
उदाहरणका लागि, समाचार संस्थाहरू वा शैक्षिक संस्थाहरूलाई सार्वजनिक हितमा जोडिएको विषयमा सहमति नलिईकन पनि अन्य व्यक्तिहरूको प्रतिलिपि अधिकार सामग्री प्रयोग गर्न अनुमति दिन्छ।
तर अरूको काम सेयर गर्दा ‘क्रिएटिभ कमन्स् लाइसेन्स’ लिनु सुरक्षित हुन्छ।
यसमा कपिराइट सुरक्षित सामाग्रीहरू पाइन्छ।
सोलो भन्छन् कि क्रिएटिभ कमन्स् लाइसेन्स रहेका कन्टेन्टहरू अनुमति नलिईकन प्रयोग गर्न पाइने भए पनि उक्त सामाग्रीहरू प्रयोग गर्दा उनीहरूको नाम भने दिनुपर्छ।
सोलो आफूले पनि आफ्नो सोसल मिडियामा हालेका फोटोग्राफी अरूलाई प्रयोग गर्न अनुमति दिन्छन् तर त्यसलाई व्यापारिक प्रयोजनलाई भने उपयोग गर्न पाइँदैन।
क्रिएटिभ कमन्स इमेज प्रयोग गर्दा गुगल इमेजमा खोज्ने अनि टुल्समा गएर क्रिएटिभ कमन्स् लाइसेन्स छान्नुपर्छ।
हामीले सोसल भिडियो र तस्बिरमा हालेका गीत-सङ्गीतमा पनि कपिराइट लाग्छ।
सोलो भन्छन् कि भर्खरै मात्र हो सङ्गीतको प्रयोगमा पनि आर्टिस्टको अनुमति लिनुपर्ने गरेर कडाइ गरिएको छ, जुन त्यति सहज भने छैन। यो धेरै टिकटक र इन्स्टाग्राममा लागू हुन्छ।

आफ्नो काम अरूले प्रयोग गर्नबाट कसरी जोगाउने त?
यदि तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने, तपाईँ आफ्नो प्रतिलिपि अधिकार उल्लङ्घन नगर्न अरूलाई कसरी जानकारी गराउन सक्नुहुन्छ?
तपाईँले प्रतिलिपि अधिकारको चिन्ह - सर्कल भित्र सी (C) अक्षर - वा तपाईँको सामाजिक पोस्टहरूमा ‘मेरो अनुमति बिना प्रयोग गर्न सकिँदैन’ जस्ता सूचना थपेर यो तपाईँको काम हो भनी मानिसहरूलाई जानकारी गराउन सक्नुहुन्छ।
पउल मर्रि आफ्नो काम सुरक्षित राख्नको लागि यस्तो सुझाव दिन्छन्।
उनी भन्छन् कि आफ्नो काममा ‘वाटरमार्क’ राख्ने लगायत कामहरू गर्नुपर्ने बताउँछन्।
यदि तपाईँको प्रतिलिपि अधिकारलाई कसैले गम्भीर रूपमा उल्लङ्घन गरेको छ भने, टिगन ब्रोम्यान सुझाव दिन्छिन् कि तपाईँ सोसल मिडियामा नै रिपोर्ट गर्न सक्नहुन्छ।
यसको लागि सोसल मिडिया प्लेटफर्महरूले नै सहयोग गर्छन्, सुरुमा नै कानुनी सल्लाह लिनुपर्दैन।

प्रतिलिपि अधिकार कानूनको उल्लङ्घन गर्यो भने के हुन्छ?
प्रतिलिपि अधिकार कानूनको उल्लङ्घन जानीजानी गरेको होस् वा नजानीकन गरेको होस्, यसमा कडा सजायहरू पनि छन्।
हामीले हाम्रो प्रतिलिपि अधिकार कार्यको नियमित रूपमा ट्र्याक राख्न पनि सकिने एलेक्स सोलो बताउँछन्।
यसबारे थप जानकारी तपाईँले ‘अस्ट्रेलियन कपिराइट काउन्सिल’मा पनि पाउन सक्नुहुनेछ।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au
मा इमेल पठाउनु होस्।







