अस्ट्रेलियाले १६ वर्ष मुनिका बच्चाहरूका लागि सोसल मिडिया प्रयोगमा कडाइ गर्दै पहुँच सीमित गर्ने तयारी गरेको छ, जसका कारण धेरै अभिभावकहरूलाई वास्तविक जीवनमा यसले कस्तो असर पार्ला भनेर चासो बढेको हुन सक्छ। नियमहरुले मुख्य जिम्मेवारी प्रविधि कम्पनीहरूलाई दिए पनि, सोसल मिडियामार्फत साथीहरूसँग जोडिने धेरै किशोरकिशोरीहरूका लागि, यो परिवर्तन चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी ब्यान वास्तवमा कसरी लागू हुँदै छ, किन युवाहरूका लागि अनलाइन समुदाय आवश्यक छ र उनीहरूलाई सहज रूपमा यस परिवर्तनसँग जुझ्न मद्दत गर्न विशेषज्ञहरूले दिएका सुझावहरूका बारेमा चर्चा गर्दै छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





