'अस्ट्रेलियन सेक्युरिटिज एन्ड इभेन्टमेन्ट कमिसन (एसिक) भनिने अस्ट्रेलियन धितो पत्र र लगानी सम्बन्धी नियामक संस्थाका अनुसार चार वटा वित्तीय संस्थाले खाताहरूमा धेरै पैसा फसेपछि कम खर्च गर्नेहरूलाई ‘ओभरचार्जमा’ २ करोड ८० लाख डलर भन्दा बढी फिर्ता गर्ने बताएको छ।
एकातिर जीवन यापनको लागत सङ्कटले गर्दा सीमित आम्दानी भएका मानिसहरू खर्चै गर्न नसक्ने भएका छन्।
अर्कोतिर ब्याङ्कले विभिन्न शीर्षकमा लिने शुल्क नबुझाउँदा पनि हुन्छ भनेर शुल्क नबुझाउने पाइएको नयाँ खोजहरूले बताएका छन्।
आदिवासी आर्थिक सल्लाहकार बेटिना कुपरले ब्याङ्कहरूले कम आय भएका लाखौँ ग्राहकहरूलाई भ्रममा राखेको बताइन्।
एसिक को नयाँ रिपोर्ट ले सेन्टरलिङ्क भुक्तानी पाइरहेका व्यक्तिहरू सस्तो विकल्पका लागि योग्य भए पनि उच्च शुल्क तिर्नुपर्ने खाताहरूमा राखिएको खुलासा गरेको छ।
एसिकका कमिस्नर एलन कर्कल्यान्डले ब्याङ्कहरूलाई यसबारे सर्तक गराइएको बताउँछन्।
जब उनीहरूको खातामा सेन्टरलिङ्कबाट भुक्तानी आइरहेको देखिन्छ, उनीहरूलाई तुरुन्तै कम आय भएको शुल्कको खातामा सारिनुपर्छ।एलन कर्कल्यान्ड, कमिस्नर एसिक
आगामी १२ देखि १८ महिना भित्रमा ब्याङ्कहरूले ग्राहकलाई २ करोड ८० लाख डलर भन्दा बढी पैसा फिर्ता गर्ने अपेक्षा गरिएको छ। जसमा २ करोड ४६ लाख 'एबस्टडी' भुक्तानी प्राप्त गर्ने आदिवासी अस्ट्रेलियनहरू समावेश छन्।
यीमध्ये धेरैजसो शुल्कहरू ओभर ड्र अर्थात् खातामा जम्मा रहेको भन्दा धेरै पैसा निकालेको वा खातामा रहेको भन्दा धेरै पैसाको लेनदेन गर्न खोजेमा शुल्कका लागि थिए।
कमिस्नर कर्कल्यान्ड भन्छन् कि ब्याङ्कहरूलाई आदिवासी अस्ट्रेलियना ग्राहकसँग व्यवहार गर्ने तरिकामा सुधार गर्न भनिएको छ र धेरैले ती परिवर्तनहरू लागू गरिसकेका छन्।

लगभग दुई हजार ग्राहकलाई कम शुल्क लाग्ने खातामा सारी सकिएको छ, जसले वार्षिक शुल्कमा लगभग १ करोड १० लाख बचत गर्छ।
ब्याङ्कहरूले यस रिपोर्टलाई धेरै गम्भीरताका साथ लिँदै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर ग्राहकहरूलाई सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नुका साथै सुधार गर्न सक्रिय कदमहरू अघि बढाइएको बताएका छन्।
तर कुपर भन्छिन् कि यो समस्या पहिले नै समाधान भइसक्नुपर्थ्यो।
उनले ब्याङ्कहरूले सेन्टरलिङ्कबाट भुक्तानी लिइरहेकाहरूलाइ शुल्क नलिनुपर्ने भए पनि यस्तो नभएको बताइन्।
एसिक भन्छ कि यस रिपोर्टले १ करोड ८० लाख भन्दा बढी ग्राहकहरू खातामा लाग्ने शुल्क परिवर्तन गर्न योग्य छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।








