अस्ट्रेलियालाई विश्वभर नै बन्दुक नियन्त्रणको उत्कृष्ट उदाहरणका रूपमा लामो समयदेखि हेरिँदै आएको छ। बन्दुक सम्बन्धी यहाँका कानूनहरू राज्य र प्रादेशिक सरकारहरूको जिम्मामा छन्। सन् १९९६ मा भएको पोर्ट आर्थर नरसंहार पछि बन्दुक कसले र किन राख्न पाउने भन्ने नियमहरू एकरूप बनाउन राष्ट्रिय बन्दुक सम्झौता लागू गरिएको थियो। बोन्डाइमा भएको आक्रमणमा लाइसेन्स प्राप्त कथित आरोपित बाबु र उनका छोराको गोली प्रहारबाट कम्तीमा १५ जनाको मृत्यु भए पछि, सङ्घीय मन्त्रिपरिषद्ले बन्दुक स्वामित्व सम्बन्धी अझ कडा नियमहरू छिटो लागू गर्ने निर्णय गरेको छ। एक रिपोर्ट।
तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।





