क्रिसमस नजिकिँदै गर्दा, अस्ट्रेलियाका बिभिन्न च्यारिटी संस्थाहरूले आवश्यकता भएका मानिसहरूका लागि सहयोग जुटाउने काम गरिरहेका छन्। तर चाडबाडको मौका छोपेर च्यारिटीका नाममा ठगी वा 'स्क्याम' गर्नेहरू पनि सक्रिय बनेको बताइन्छ। अघिल्लो वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने, अस्ट्रेलियनहरुले बिभिन्न स्क्यामहरुमा तीन अर्ब भन्दा बढी रकम गुमाइसकेका छन्। च्यारिटी संस्थालाई नियमन गर्ने निकायका अनुसार चाडबाडका बेला मानिसहरूको दयालु भावनाको फाइदा उठाउँदै, च्यारिटीका नाममा ठग्ने काम पनि भइरहेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





