मुख्य बुँदा
- बोट बिरुवाले आफ्नो घर र केटाकेटी बेलाका यादहरू ताजा बनाउँछ।
- स्थानीय काउन्सिलहरूले सहरी रुख र बोट बिरुवाको संरक्षणका लागि आदेशहरू जारी गरेका छन्।
- भाडामा बस्नेहरूले बगैँचामा ठुलो परिवर्तन चाहेको खण्डमा प्रर्पर्टी म्यानेजरसँग अनुमति लिनु पर्दछ।
आफू बस्ने वरपरको क्षेत्रको हरियाली र घरमा बगैँचा हुँदा यसले दिने आनन्द र फाइदाहरू निर्विवाद छन्।
मानिस र वातावरणबिचमा निकै घनिष्ठ सम्बन्ध हुने भएकाले पनि वातावरण र बोट बिरुवाको संरक्षण गर्नु निकै महत्त्वपूर्ण मानिन्छ।

बोट बिरुवाहरूका बारेमा विज्ञ बागवानी विद् जस्टीन कल्भिरली बायोफिलिया भनिने वातावरण र अन्य जीवन भएका चिजसँग मानिसको सम्बन्धका बारेमा थुप्रै अध्ययन भएको बताउँछन्।
“ठुला र बनी बनाऊ सहरहरूमा हामी हरियाली वातावरणबाट टाढा हुन्छौ तर वास्तविकतामा हामी यी नजिक रहँदा निकै आनन्द अनुभूति गर्छौ,” उनले भने
बोट बिरुवा रोप्दा यसले दिने छायाँले वातावरणलाई प्राकृतिक रूपमा चिसो बनाउँछ।
यसबाहेक वातावरणमा सफा हावाको मात्रालाई पनि बढाउछ्।
कल्भेर्ली भर्खरै अस्ट्रेलिया आएका मानिसहरूलाई आफूले देखेका वा सँगै हुर्किएका बोट बिरुवा देख्दा छुट्टै अनुभूति दिलाउने बताउँछन्।
“यसले तपाईँलाई आफू आएको देशको अनुभूति दिलाउँछ, सबै चिज ठिक हुन्छ है भन्ने सान्त्वना दिन पनि यसले मद्दत गर्छ,”
आफूले सधैँ देखेका यस्ता वनस्पतिहरू छुँदा, हेर्दा, बास्ना लिँदा वा खाँदा पनि आफू बस्ने ठाउँको अनावश्यक कोलाहललाई कम गर्न मद्दत गर्छ, विशेष गरी बास्ना र स्वादले आफ्नो घर र बाल्यकालका यादहरू दिलाउँछजस्टीन केल्भरर्ली
आफ्नो बगैँचालाई उत्पादनशील बनाउँदा पौष्टिक फाइदा त दिन्छ नै यसले शरीरलाई पनि चलायमान र स्वस्थ बनाउछ्।
'र्अबन क्यानोपि' भनेको के हो?
अस्ट्रेलियाका भित्री सहरहरूमा खुला ठाउँको अभाव छ।
त्यसैले पनि वातावरणलाई सन्तुलित बनाइराख्न मात्र नभएर, समुदाय र वन्यजन्तुका लागि पनि रुख बिरुवाको महत्त्व निकै हुन्छ।
मेलर्वन स्थित सिटी अफ पोर्टफिलिपका मेयर मार्कस पल अस्ट्रेलियाका रुखहरू, रुख बिरुवा सम्बन्धी कानून- ट्रि प्रोटेक्सन एक्टबाट नियन्त्रित हुने बताउँछन्।
यस कारण पनि सहरका बसोबास गर्ने मानिसहरूले आफ्नो घरको बगैँचाको रुख काट्न पनि काउन्सिलको अनुमति लिनु पर्दछ।
“सहरी सर्ववहरुमा, र्अबन क्यानोपि अर्थात् रुख र तिनीहरूबाट प्रदान हुने छायाँको दरलाई कायम राख्ने नीति अनुरूप काउन्सिलहरूले त्यसो गरेका हुन्,” मेयर पर्लले भने।
काउन्सिलले विभिन्न भाषामा के गर्न पाइन्छ र पाइँदैन भनेर सूचनाहरू जारी गर्ने गर्दछ

'नेचर स्ट्रिप' अर्थात् प्राकृतिक पट्टी
मेलबर्नको पोर्ट फिलिपमा सीमित खुला स्थान भएकाले, स्थानीयहरूले हरियालीमा योगदान पुर्याइरहेको मेयर पर्लको भनाई छ।
उनका अनुसार समुदायसँगको छलफल पछि काउन्सिलको नेचर स्ट्रिप भनिने निजी जमिन र सार्वजनिक जमिनको बाटो छेउछाउको जग्गामा विभिन्न खाले बिरुवा रोप्न छुट दिइएको छ।
कोभिड-१९ का बेला, मानिसहरूले आफ्नो वरपरको क्षेत्रका बारेमा पनि ध्यान दिए, यो निकै सुखद रह्योमार्कस पल
“हामी यस्ता कार्य गर्न समुदायलाई प्रोत्साहित गर्छौ किनकि यसले ठुलो सांस्कृतिक र सामाजिक फाइदाहरू हुन्छन्।”

भाडामा बस्नेहरूले के गर्न सक्छन्?
भाडामा बस्नेहरूले आफू बस्ने स्थानको बगैँचाका बारेमा ध्यान दिनु पर्ने हुन्छ, बेला बेलामा झाडीहरू छाँट्ने वा घाँस काट्ने उनीहरूको जिम्मेवारी भित्र पर्दछ।
तर यस बाहेक उनीहरू वातावरणमा योगदान गर्न चाहन्छन् भने यो स्वीकार्य रहेको सिड्नीमा प्रापर्टी म्यानेजरका रूपमा कार्यरत इगी डामियानी बताउँछन्।
तर बाहिरी दृश्य छेकिने गरी रुख बिरुवा रोप्दा चाहिँ अनुमति लिनु पर्ने उनको भनाई छ।
“भाडामा बस्नेहरूले बगैँचामा केही परिवर्तन गर्न चाहेको खण्डमा आफ्नो प्रर्पटी म्यानेजरलाई सर्म्पक गर्नु पर्दछ ताकी उनीहरूले घर मालिकसँग यसका बारेमा सोध्न सकुन्,” उनले भने।

तर भाडामा बस्नेहरूका लागि गमलामा बोट बिरुवा वा फलफूल रोप्दा फाइदा हुने गर्दछ।
“आफू सर्दा पनि यसलाई लान सकिन्छ, घाममा वा छायाँमा सार्न सकिन्छ,” कल्भिरली भन्छन्।
“सानोबाट सुरु गर्नुस्, बोट बिरुवाहरूलाई उचित भाँडोको भने आवश्यकता पर्छ, यसका बारेमा थोरै अनुसन्धान गर्नु चाहिँ आवश्यक हुन्छ।”
अस्ट्रेलियाको माटो सुहाउँदो, यहीका बोट बिरुवाहरू रोप्दा यसले चाँडो प्रतिफल दिने बताइन्छ।।







