SKIP TO MAIN CONTENT

घरेलु हिंसामा परेकाहरूलाई तलब सहित १० दिने अतिरिक्त बिदा दिने सरकारी तयारी

Despite not being heard much, "Domestic violence" continues in Sri Lankan Australia families
Source: Pexels / Alex Green

पारिवारिक वा घरेलु हिंसामा परेका मानिसहरूका लागि कार्यस्थलमा १० दिने बिदा दिने गरी सरकारले एक विधेयकलाई संसद्मा अगाडी बढाएको छ।


Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

पारिवारिक वा घरेलु हिंसामा परेका मानिसहरूका लागि कार्यस्थलमा १० दिने बिदा दिने गरी सरकारले एक विधेयकलाई संसद्मा अगाडी बढाएको छ।


प्रधानमन्त्री एन्थोनि एल्बनीजिले राष्ट्रको "आत्मा माथि कै दाग" रहेको भन्दै घरेलु हिंसा पीडितका लागि १० दिने तलब सहितको बिदाका लागि सरकारले प्रस्ताव गरेको बताएका छन्।

सांसदबाट पारित भए करिब १ करोड १० लाख कामदारहरूले पारिवारिक हिंसामा परेको अवस्थामा १० दिनसम्मको तलब सहितको बिदा पाउनेछन्।

यो नियम क्याजुयल लगायत सबै किसिमका कामदारमा लागु हुने बताइएको छ।

सन् २०२३ को फेब्रुअरी महिनाबाट लागु गर्ने तैयारी गरिएको उक्त नियम साना व्यवसायीहरूले लागु गर्नका लागि भने थप ६ महिनाको समय दिइने भएको छ।

रिपोर्ट सुन्नुहोस्। घरेलु हिंसामा परेकाहरूलाई तलब सहित १० दिने अतिरिक्त बिदा दिने सरकारी तयारी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

घरेलु हिंसा पीडित र अधिकारकर्मीहरूले संसद् भवन अगाडी आयोजना गरेको एक निगरानी कार्यक्रममा भाग लिँदै प्रधानमन्त्री एन्थोनि एल्बनिजीले,  हरेक दिन जसो चुपचाप र कपटी रूपमा भइरहेका यस्ता कार्य 'अस्ट्रेलियाको आत्मा माथि कै दाग'को रूपमा रहेको पनि बताएका छन्।

संसद्मा विधेयक जारी गरेका रोजगार सम्बन्धी मन्त्री टोनि बर्कले ढिला गरी आउँदै गरेको कानुनले रोजगारदाता कम्पनिलाई पे रोलमा बिदा सम्बन्धी तैयार गर्न सजिलो हुने बताए।

कानुन बर्षौ पहिले आउनु पर्ने बर्कले संसद्मा बताएका छन्।

Prime Minister Anthony Albanese attends the domestic violence vigil.
Prime Minister Anthony Albanese attends the domestic violence vigil. Source: Supplied

अस्ट्रेलियाको व्यापार सम्बन्धी संस्था बिजनेस काउन्सिल अफ अस्ट्रेलियाकी प्रमुख कार्यकारी जेनिफर वेस्टाकोटले आफूहरूले पनि हिंसा सम्बन्धी तलब सहितको बिदाका लागि समर्थन गरेको बताएकी छन्।

अस्ट्रेलियामा प्रत्येक हप्ता एक महिलाको आफ्नै पार्टनर वा पूर्व पार्टनरबाट हत्या हुने गरेको तथ्याँकले देखाइरहँदा, अतिरिक्त बिदाले प्रावधानले हिंसा पीडितहरूलाई समयमै सहयोगका लागि जान प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यदि तपाई पनि पारिवारिक हिंसा वा घरेलु हिंसाबाट गुज्रँदै हुनुहुन्छ भने १८०० रेस्पेक्ट वा आपतकालिन सेवा 000 मा फोन गरी सहयोग माग्न सक्नुहुन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now