Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

महिला हिंसा अन्त्यका लागि सुझाव सहितको महत्त्वपूर्ण रिपोर्ट सार्वजनिक

Family Violence

On average a woman in Australia dies every nine days at the hands of their current or former partner. Source: AAP

करिब पाँच सय विज्ञहरूको सुझाव समेटेर मोनास विश्वविद्यालयले जारी गरेको रिपोर्ट, महिला हिंसा अन्त्यका लागि सरकारले बनाउने आगामी १० बर्से योजनाका लागी महत्त्वपूर्ण स्रोत बन्ने बताइएको छ।


Published

Updated

Source: SBS



Share this with family and friends


करिब पाँच सय विज्ञहरूको सुझाव समेटेर मोनास विश्वविद्यालयले जारी गरेको रिपोर्ट, महिला हिंसा अन्त्यका लागि सरकारले बनाउने आगामी १० बर्से योजनाका लागी महत्त्वपूर्ण स्रोत बन्ने बताइएको छ।


अस्ट्रेलियाको सबैभन्दा डरलाग्दो तथ्याङ्क के हो भने यहाँ हरेक नौ दिनको अन्तरालमा एक महिलाको हत्या हुन्छ, त्यो पनि आफ्ना वर्तमान वा पूर्व पाटनरबाट।

यसलाई सम्भवतः कम गर्ने प्रयास गर्ने छ, सार्वजनिक भएको नयाँ रिर्पोटले।

जनवरी महिनामा तैयार भएको मोनास विश्वविद्यालयको उक्त रिर्पोटले सीमान्तकृत समूहका लागि समुदाय केन्द्रित निकास खोज्नका लागि सुझाव दिएको छ।

उक्त अनुसन्धानमा मुख्य अनुसन्धानकर्ता उपप्राध्यापक केट फिट्स गिबन भन्छिन् कि यसले महिला हिंसा कम गर्न अस्ट्रेलियाले बनाउने आगामी १० बर्से योजनाका लागि सहयोग गर्नेछ।

रिपोर्ट सुन्नुहोस्।महिला हिंसा अन्त्यका लागि सुझाव सहितको महत्त्वपूर्ण रिपोर्ट सार्वजनिक हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

“यस रिर्पोटले महिला र बालबालिका सम्बन्धी हिंसा विरुद्धको महत्वकाक्षी तर आवश्यक लक्ष्यलाई पुरा गर्न कति बलिया प्रतिबद्धता चाहिन्छन् यसका बारेमा चर्चा गरेको छ,” उनले भनिन्।

अन्तिम पटक जुलिया गिलार्ड  प्रधानमन्त्री हुँदा तैयार पारिएको १० बर्से योजना गत महिना सकिएको थियो।

आगामी योजनाको तयारीका लागि भने विभिन्न राज्य र संघियस्तरका महिला सुरक्षा सम्बन्धी मन्त्रीहरू आगामी हप्ता भेला हुदैछन्।

सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थ योजना निर्माण हुँदा पारदर्शी ढङ्गले गरिने बताउँछिन्।

यता उपप्राध्यापक फिट्स गिबन महिला हिंसा कम गर्ने विषयमा प्रगति हुने विश्वास गर्छिन् यद्यपि यसका लागि उल्लेखनीय अतिरिक्त रकमको आवश्यकता पर्ने बताउँछिन्।

Monash University
Monash University Parkville campus Source: Supplied

यस अघिको सरकारले आगामी १० बर्से योजनाको ड्राफ्ट रिपोर्ट सार्वजनिक गरे पनि परामर्श रिपोर्ट भने सार्वजनिक गरेको थिएन।

फिट्स गिबन भन्छिन् ढिलाइका कारण निराशा बढ्दै गएको थियो।

“हामी निराश हुनु पनि सामान्य थियो, देशभरका विज्ञहरूले हामीसँग कुरा गरेका थिए र त्यसलाई सार्वजनिक गर्न हामी आतुर थियौ,” उनले भनिन्।

सार्वजनिक भएको ड्राफ्ट मस्यौदा विशाल र जटिल मुद्धाहरुमा केन्द्रित थियो तर यसका मापन योग्य लक्ष्यहरू नभएका कारण भने आलोचना खेप्नु परेको थियो।

नयाँ सरकारले भने लक्ष्यहरू निर्धारण गर्न बाकि छ, र यसलाई पनि योजनामा समावेश गरिने बताइन्छ।

सल्लाहकार मध्येकी एक लियाना पापोटसिस्ले एसबिएससँगको कुराकानीमा पैसाले मात्र समस्याहरू समाधान नगर्ने बताइन्।

“जकडिएको समस्या समाधानका लागि डलर खर्च गरेर मात्रै पुग्दैन, तर हामीलाई के थाहा छ भने यसलाई रोक्न भने सकिन्छ, एउटा योजना मात्रै नभएर हामीलाई दिगो कार्य चाहिन्छ,” उनले भनिन्।

रिर्पोटले सीमान्तकृत वा पिछडिएका वर्गका लागि समुदाय केन्द्रित योजनाहरू सञ्चालन गर्नका लागि पनि सुझाव दिएको छ।

आदिवासी, आप्रवासी, शरणार्थी, आशक्तता भएका र एलजिबिटुक्विआइ समुदाय लक्षित कार्यक्रम सञ्चालनका लागि पनि सुझाव पेस गरिएको छ।

माइग्रेन्ट्स सर्पोट सर्भिसकी प्रमुख क्याथरिन स्कार्थ आप्रवासी महिला र बालबालिकाका लागि समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिनु पर्ने सुझाव दिन्छिन्।

"रिर्पोटहरुले आप्रवासी र शरणार्थी समुदायमा विशेष खालको योजनाका साथ जानु पर्ने सल्लाह दिन्छ,” उनले भनिन्।

उनको संस्थाले हिंसाबाट पीडित महिला र बालबालिकाकालाई सहयोग पुर्‍याउँदै आएको छ।

सार्वजनिक भएको उक्त रिर्पोटमा आदिवासी समुदायका लागि पनि विशेष कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने सुझाव पेस भएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now