खोप कार्यक्रम प्रवर्द्धन गर्न धार्मिक अगुवाहरू एकजुट

Religious and multicultural leaders gather to get their COVID vaccinations

Religious and multicultural leaders gather to get their COVID vaccinations Source: SBS

जुनसुकै धार्मिक पुष्टभुमीको भएता पनि खोपले कोभिड-१९ बाट हुन सक्ने गम्भीर किसिमको रोगबाट बचाउने भएकाले राज्य सरकारले सामुदायिक अगुवाहरू सँग मिली खोप कार्यक्रमको प्रबद्र्न गरिरहेको छ ।


एउटा बिरलै देखिने अवसर जहाँ जनस्वास्थ्यका विषयमा जनचेतना फैलाउन विभिन्न धार्मिक अगुवाहरू एकै स्थानमा भेला भएका छन् ।

सिड्नीमा दर्जनौँ धार्मिक एवम् सामुदायिक अगुवाहरूले एकै ठाउँमा भेला भएर कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

उनीहरूले  खोप कार्यक्रमका बारेमा जनचेतना फैलाउन सरकार सँग सहकार्य गर्ने भएका छन् ।

विविध समुदायका ३० भन्दा बढी अगुवाहरू न्यु साउथ वेल्स सरकारको खोप प्रवर्द्धन कार्यक्रममा सहयोग गर्न उपस्थित भएका छन् ।

पारामाटाका क्याथलेक बिसप लङ्ग भान नाईगुन सबैलाई खोप कार्यक्रममा सहभागी हुन अनुरोध गर्छन् ।

Archbishop Makarios vaccination
Archbishop Makarios received the second dose of the COVID-19 vaccine on Saturday 8 May. Source: Greek Orthodox Archdiocese of Australia

धार्मिक कारणले खोप कार्यक्रममा सहभागी हुने हिचकिचाहट सँग प्रतिरोध गर्न पनि अगुवाहरू भेला भएका छन् ।

सिड्नीका हिन्दु पण्डित रामचन्द्र आथरीया खोप लगाउनु उनको आस्था सँग मेल खाने बताउँछन् ।

उनको भनाइमा उनको धार्मिक निष्ठा अनुसार स्वास्थ्यको कारण बाहेक अन्य कारणले खोप नलगाई रोग लिएर हिँड्ने हो भने त्यो नै सबैभन्दा ठुलो पाप हो ।

द ग्रेट सिनेगगाका डाक्टर रब्बि एल्टन खोप लगाउनका फाइदाहरूका बारेमा जानकारी दिई रहेका थिए ।

यसमा राज्यकी प्रिमीयर ग्लेडीज बेरीजिक्लीएनको पनि स्वीकारोक्ति छ ।

उनी भन्छिन् “हाम्रो समुदायले खोप लगाउनुको मतलब न्यु साउथ वेल्स राज्यलाई सुरक्षित राख्नु हो,हाम्रो प्यारा मानिसहरूलाई सुरक्षित राख्नु र सामान्य तरिकाले जीवन जिउनलाई निरन्तरता दिनु हो । ”

NSW Premier Gladys Berejiklian pictured with various community and religious leaders on Wednesday.
NSW Premier Gladys Berejiklian pictured with various community and religious leaders on Wednesday. Source: Lucy Murray / SBS News

बहुसांस्कृतिक समुदायका घेरै सदस्यहरू स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिकामा रहेका छन् ।

स्वास्थ्यकर्मी मध्ये ३७ प्रतिशत विदेशमा जन्मिएका र २८ प्रतिशतले अङ्ग्रेजी बाहेकको भाषा बोल्ने गरेको तथ्याङङले देखाउन् ।

न्यु साउथ वेल्स राज्यका बहुसांस्कृतिक मन्त्री जेफ लि भन्छन् उनले कि बेला बेलामा सामुदायिक अगुवाहरू सँग उनको भिडीया कन्फरेन्स मार्फत कुराकानी भइरहेको हुन्छ ।

विज्ञहरू विभिन्न सामाजिक सञ्जालमा खोपलाई लिएर फैलाइएका भ्रमहरू चिर्न केही गर्नु पर्ने जरुरी रहेको बताउँछन् ।

डाक्टर अबेला महीम्बो युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका जनस्वास्थ्य विषयका शिक्षिका हुन् ।

उनी भन्छिन् “यदि खोप प्रति शङ्का उत्पन्न भएको छ भन्ने उनीहरूले भाषिक वा अन्य केही अवरोधका कारण मूलधारका मिडिया सँगको पहुँच बढाइरहेका हुदैनन बरु सामाजिक सञ्जालमा आएका सूचनाहरूमा निर्भर भई रहेका हुन्छन् ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now