SKIP TO MAIN CONTENT

“भाइरल हुने पछाडि लागेर गीतको आयु नछोट्टाउनुस्”: विवेक श्रेष्ठ, कन्दरा ब्यान्ड

Nepali Popular musical band Kandara
Nepali Popular musical band Kandara Source: Facebook, Supplied

सन् १९९४ मा पोखराबाट सुरु भएको कन्दरा ब्यान्ड ९० को दशकमा नेपाली युवाहरू माझ निकै लोकप्रिय रहेको थियो ।


Published

Updated

By SBS Nepali

Presented by SBS Nepali

Source: SBS, SBS



Skip to podcast episode content

सन् १९९४ मा पोखराबाट सुरु भएको कन्दरा ब्यान्ड ९० को दशकमा नेपाली युवाहरू माझ निकै लोकप्रिय रहेको थियो ।


विवेक श्रेष्ठ, नेपालको पोखरामा स्थापित भएको नेपाली साङ्गीतिक क्षेत्रमा निकै उत्कृष्ट मानिएको ब्यान्ड कन्दराका मुख्य गायक हुन् ।

 

केही समय यता मेलबर्न बस्दै आएका  विवेक पछिल्ला केही वर्ष यता ब्यान्ड त्यति धेरै सक्रिय नरहेको स्विकार्छन् । 

 

“टिनऐजमा जस्तो ऊर्जा यो उमेरमा आएर नहुने रहेछ, जुन रफ्तारमा सिर्जना हुनु पर्ने हो यसमा कमी आएकै हो,” ब्यान्डका मुख्य गायक रहेका श्रेष्ठले एसबीएस नेपालीसँग भने ।

“पहिलेका गीतहरू मनबाट सुनिन्थ्यो, त्यसका बोल वर्षौँसम्म याद हुन्थे कालजयी हुन्थे त्यसको अहिलेका गीत भाइरल हुन्छन् तर क्षणिक हुन्छन् अहिलेका गीतमा भिडियो हाबी भए जस्तो लाग्छ ।”

श्रेष्ठसँगको हाम्रो कुराकानी सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

१९९४ मा पहिलो एल्बम “चन्चले कान्छी” मार्फत आफूलाई स्थापित गरेको उक्त ब्यान्ड त्यसपछि भने युवाहरूको ढुक-ढुकी बनेको थियो ।

 

नेपाली लोक मौलिक भाकाहरू मार्फत साङ्गीतिक यात्रा सुरु गरेको ब्यान्डका गीतहरू अहिलेका श्रोता/दर्शक माझ पनि उत्तिकै चर्चित रहेका छन् । 

 

तर पछिल्लो पटक सन् २०१६ मा “भेडी गोठ” नामक एल्बम श्रोता माझ ल्याएपछि भने समूहका कुनै नयाँ गीत सुनिएका छैनन् ।

 

“ब्यान्डको नयाँ गीतका रेकर्डिङ तैयारीमा छौ, यस बाहेक साङ्गीतिक क्षेत्रकै अन्य कामहरूमा पनि व्यस्त छौ, दर्शक श्रोताले छिट्टै कन्दरा ब्यान्डका नयाँ गीतहरू सुन्न पाउनुहुनेछ,” उनले भने । 

भावी योजनाहरू

“लेककी हे माया”, “हङकङ पोखरा”,“तगारोमा रुमाल राखी” जस्ता चर्चित गीतहरू दिएर पछिल्लो समय सुस्ताएको ब्यान्डको योजना के छ त भन्ने हाम्रो प्रश्नमा विवेक श्रेष्ठ भन्छन्, “पछिल्लो समय कोभिड–१९ का कारण पनि  कतिपय कार्यक्रमहरू रद्द भए तर हामीले सामाजिक सञ्जाल मार्फत आफूलाई सक्रिय बनाउँदैछौं,” श्रेष्ठले भने ।

 

अघिल्लो वर्ष अस्ट्रेलियामा सोलो कार्यक्रम गर्ने तैयारी गदै गर्दा कोभिड–१९ का कारण कार्यक्रम रद्द भएको उनले बताए।

युट्युब मार्फत पुराना गीतहरूको अनप्लग्ड भर्सनको तैयारी गदै गरिरहेको पनि उनको भनाई थियो । 

 

यस बाहेक अस्ट्रेलियामा नेपाली समुदाय लक्षित माई नेपाल टेलिभिजनले आयोजना गरेको “हल अफ फेम” नामका साङ्गीतिक रियालिटी सो मा पनि आफूले बैन्डको प्रतिनिधित्व गरिरहेको उनले बताए । 

 

“कन्दराका थुप्रै कोसेली लिएर हामी आउनेछौं,” उनले भने ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now