अस्ट्रेलियामा बसोबास: फोस्टर केयर के हो र यसले कसरी काम गर्छ?

Family

Happy family in the park evening light. Source: getty Images


Published 3 June 2022 at 11:38am
Presented by SBS Nepali
Source: SBS

फोस्टर केयर अर्थात् पारिवारिक हिंसा, बेवास्ता वा शारीरिक दुर्व्यवहारमा परेका बालबालिकाका हेरचाहकर्ताको भूमिका। अस्ट्रेलियामा करिब ४६ हजार बालबालिका घर बाहिर पाउने स्याहारमा आश्रित छन्। पारिवारिक हिंसा, बेवास्ता वा शारीरिक दुर्व्यवहारमा परेका बालबालिकाका लागि बाहिरी हेरचाह आवश्यक पर्दछ।


Published 3 June 2022 at 11:38am
Presented by SBS Nepali
Source: SBS



  • अभिभावकत्व ग्रहण गर्ने र बालबालिकाको पालनपोषणमा संलग्न अभिभावकहरूको यतिखेर अभाव छ।
  • बालबालिकाको परिस्थिति हेरेर कतिपय अवस्थामा विशिष्ट सांस्कृतिक पूष्ठभुमीका मानिसहरूको पनि आवश्यकता पर्दछ।
  • फोस्टर केयररले बालबालिका वा युवाहरूलाई केही महिना, वर्ष वा बाँकी जीवनका लागि सुरक्षित, स्थिर र पालन पोषण गर्ने पारिवारिक वातावरण दिने गर्दछन्।

Advertisement
 

मोनिका* र उनका पतिले तीन जना बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी लिएका छन्।

फोस्टर केयर अन्तर्गत लिइएका यी बालबालिका एकै आमाका सन्तान हुन् र उनीहरू क्रमशः पाँच, साढे तीन र एक वर्षका भए।

फोस्टर प्यारेन्ट्स बन्नका लागि एक एजेन्सी मार्फत आवेदन दिएपछि उनीहरूलाई १० बर्ससम्मका तीन बालबालिका हेर्न मिल्ने अनुमति मिलेको थियो।

“पहीलोपटक हामीले एक सात महिनाको बालकलाई हेरचाहका लागि लिएका थियौ, उसमा स्वास्थ्य सम्बन्धी केही समस्याहरू थिए, म नर्सिङ पुष्ठभुमीबाट भएका कारण उनीहरूले सोचे की मैले उसलाई सही रूपमा हेरचाह गर्न सक्छु, र उसको रेखदेखको जिम्मेवारी मलाई दिए।” मोनिकाले भनिन्।

“त्यसको १० महिना पछि उसको बहिनीको जन्म भयो, त्यसपछि बहिनीको हेरचाहका लागि पनि हामीलाई अनुरोध गरियो।”

अस्ट्रेलियाभर करिब ४६ हजार बालबालिका घरमा पाउने स्याहारबाट वञ्चित छन्। यसको अर्थ उनीहरूलाई फोस्टर केयरको आवश्यकता छ।


यो पनि पढ्नुहोस् 
LISTEN TO
Foster care in Australia: How does it work? image

फोस्टर केयर अर्थात् पारिवारिक हिंसा, बेवास्ता वा शारीरिक दुर्व्यवहारमा परेका बालबालिकाका हेरचाहकर्ताको भूमिका। अस्ट्रेलियामा करिब ४६ हजार बालबालिका घर बाहिर पाउने स्याहारमा आश्रित छन्। पारिवारिक हिंसा, बेवास्ता वा शारीरिक दुर्व्यवहारमा परेका बालबालिकाका लागि बाहिरी हेरचाह आवश्यक पर्दछ।

SBS Nepali

03/06/202208:33
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न 


रोनी कार्टर, एडप्ट चेन्ज नामक संस्थाकी प्रमुख कार्यकारी अधिकृत हुन्। उनका अनुसार अस्ट्रेलियामा फोष्टर प्यारेन्ट्सहरुको निकै अभाव छ।

“आउट अफ होम केयर भनिने घर बाहिरको हेरचाह सरकारी हेरचाह हो, जहाँ बालबालिकालाई आफूलाई जन्मदिने आमाबाबुसँग नराखी उनीहरूको स्थायी घरको व्यवस्था नभएसम्म उनीहरूको नातागोता, फोस्टर केयर वा अस्थायी आवासमा राखिन्छ,” कार्टर भन्छिन्।

कुनै खास अवस्थामा भने विशेष सांस्कृतिक पूष्ठभुमी भएका फोष्टर प्यारेन्ट्सहरुको आवश्यकता पर्ने गरेको बताइन्छ।

बनेभोलेन्ट सोसाइटी अन्तर्गतको आउट अफ होम केयर कार्यक्रमले अस्ट्रेलियाभर फोष्टर केयरको प्रबन्ध गर्दछ, उक्त संस्थाकी प्रबन्धक अलाना ह्युज्सक अनुसार उनीहरूसँग एकै पटक २०० जनासम्म बालबालिका हुने गर्दछन्।

“हामीसँग कुनै एक समयमा २०० जति बालबालिका र १५० देखि १६० सम्म हेरचाहकर्ता परिवार हुने गर्दछन्,” ह्युज भन्छिन्।
Foster Care Australia
Source: pexels/Josh Willink


 

बालबालिकालाई किन फोस्टर केयरको आवश्यकता पर्छ त?

बालबालिकालाई फोस्टर केयरमा राख्नुका विविध कारणहरू हुन सक्छन्।

आमाबाबुसँग बसिरहँदा उनीहरुको जीवन असुरक्षित छ र उनीहरूको हेरचाह पर्याप्त छैन भन्ने भान भयो भने उनीहरूलाई फोस्टर केयर उपलब्ध गराइन्छ।

यसका अलावा घरमा पारिवारिक हिंसा हुनु वा उपेक्षा वा शारीरिक दुर्व्यवहार हुनु पनि कारण हुन् सक्छन।

“यसबाहेक घरका पारिवारिक सदस्यहरू बितेका दुखद परिस्थिति र रेखदेखका लागि कुनै व्यक्ति नहुनु जस्ता कारणहरू पनि पर्दछन्,” ह्युजले भनिन्।

कार्टर भन्छिन् कि यी मध्ये धेरै बालबालिका कुनै न कुनै आघातबाट गुज्रिएका हुन्छन्। र यस्ता बालबालिकालाई एक स्थिर, सुरक्षित र पालनपोषणको व्यवस्था हुनु निकै महत्त्वपूर्ण हुन्छ।
Mother and boy sunset
Source: Pixabay/Pexels


 

फोस्टर केयरका प्रकार

ह्युजका अनुसार पालनपोषण र हेरचाहका लागि विभिन्न विकल्पहरू रहेका छन्।

आपतकालिन, छोटो समय वा लामो समयका लागि पनि हेरचाहकर्ताहरूको आवश्यक पर्छ।

“छोटो अवधिका लागि आपतकालिन हेरचाहकर्ता, दीर्घकालीन हेरचाहकर्ता, अभिभावकत्व खोज्ने हेरचाहकर्ता वा केही छोटो समय हप्ता वा सप्ताहान्तमा मात्र हेर्ने हेरचाहकर्ता,” उनले भनिन्।

 

राज्य पिच्छे फरक नियम

हेरचाहकर्ता बन्नका लागि राज्य र प्रदेशै पिच्छे नियमहरू फरक रहेको कार्टर बताउँछिन्।

“सिधै सरकारसँग वा फोष्टर केयरका एजेन्सीहरू मार्फत काम गरे पनि केही महत्त्वपूर्ण कदमहरू चाहिँ एकै छन्,” उनले भनिन्।

न्यु साउथ वेल्समा भने बेनीभोलेन्ट जस्ता केही एजेन्सीहरूले मानिसहरूलाई फोष्टर प्यारेन्ट बन्नका लागि अनुमति प्रदान गर्दछन्।

डिपार्टमेन्ट अफ कम्युनिटीज एन्ड जस्टीस (डिसीजे) अर्थात् समुदाय एवम् न्याय सम्बन्धी विभागको काम भने हेरचाहको आवश्यकता बमोजिम स्वीकृति प्राप्त परिवारसँग मिलाइदिने हो।

“डिसीजेले हामीलाई सम्पर्क गरेर बच्चाका लागि मिल्दोजुल्दो हेरचाहकर्ताका भए नभएको बारेमा सोध्दछ, हामीले हेरचाहकर्ताको प्रोफाइल हेरी मिल्दो जुल्दो लागेमा नियुक्तिका लागि प्रस्ताव गछौ,” ह्युजले भनिन्।


फोस्टर केयरर बन्न चाहिने योग्यता

समुदाय र न्याय सम्बन्धी विभागको वेबसाइटका अनुसार फोस्टर केयरर बन्नका लागि निम्न योग्यताको आवश्यकता पर्ने बताइएको छ।

  • २५ वर्ष माथि हुनु पर्ने
  • अस्ट्रेलियन नागरिकता वा स्थायी बासिन्दा (पिआर) भएको
  • राम्रो स्वास्थ्य अवस्था भएको
  • आपराधिक रेकर्ड नभएको
ह्युज भन्छिन् कि यदि कोहीले यी मापदण्डहरू पुरा गर्छन् भने र पहिलो अन्तर्वार्तामा सफल हुन्छन् भने उनीहरूलाई अन्य मुल्याकंन प्रक्रियाद्वारा उपयुक्त हुने नहुने निक्यौल गरिन्छ।

 

अन्तरिम एवम् अन्तिम आदेश

कुनै पनि बालबालिका छोटो समयका लागि रहन्छन् वा उनीहरूलाई लामो समयका लागि हेरचाहमा राखिन्छ भन्ने सुरुमै यकिन हुँदैन।

“अन्तरिम आदेश अन्तर्गत बालबालिकाको समग्र अवस्था हेरी हेरचाहका लागि छोटो अवधिका लागि आदेश दिने गरिन्छ,”

यद्यपि लामो समयदेखि आफूले हेरचाह गरिरहेका बालबालिकाका हकमा भने अभिभावकत्व ग्रहणका लागि इच्छा व्यक्त गर्न सकिने ह्युज्स बताउँछिन्।

मोनिका भन्छीन कि उनका लागी सुरुमा पालनपोषणका बारेमा अनिश्चिततासँग सम्झौता गर्न सजिलो थिएन।

“तपाईँले आफ्नो सन्तान वा धर्मपुत्र जस्तो स्थायी महसुस गर्न भने सक्नुहुन्न,” मोनिका भन्छिन्।

 

जन्मदिने आमाबाबुसँगको सम्पर्क

धेरैजसो समयमा आफूले हेरचाह गरिरहेको बालबालिका वास्तविक आमाबाबुसँगको निरन्तर सम्पर्कमा रहन्छन्

“जन्मदिने आमाबाबुको संलग्नतालाई स्वीकार गर्नु पर्ने हुन्छ, जबसम्म यस्तो लाग्दैन कि उनीहरूबाट बालबालिकालाई खतरा छ, बालबालिकाले पनि आफू कहाँबाट आएको हु भन्ने कुराको जानकारी राख्न पाउनु महत्त्वपूर्ण हुन्छ,” मोनिका भन्छिन्।

मोनिकाले एजेन्सी मार्फत आफूले हुर्काइरहेका बालबालिकाका अभिभावकसँग सम्पर्क गर्ने गरेकी छन्।

“हामी फोटोहरू पठाउँछौ, स्वास्थ्यका बारेमा रिर्पोटहरु पठाउँछौ, वर्षमा एक पटक कन्फेरेन्स मार्फत पनि केटाकेटीले के गरिरहेका छन् भनेर अपडेट गराउँछौ,” मोनिका भन्छिन्।
Foster Care Australia
Source: pexels/Josh Willink


'पुरस्कृत अनुभव'

ह्युज भन्छिन् कि फोस्टर केयर भनेको बालबालिकालाई घर उपलब्ध गराउने वा हेरचाह गर्ने मात्र होइन।

बालबालिकाहरू कुनै आघातबाट गुज्रिरहेका हुन्छन् र उनीहरूलाई हेरचाहकर्ताले उपचारात्मक अभिभावकत्व पनि प्रदान गर्दछन्।

“बालबालिका कुन मानसिकताबाट गुज्रिरहेका छन् र उनीहरूलाई कुन चिजको आवश्यकता परिरहेको छ भन्ने बारेमा प्रशिक्षण र समर्थन पनि प्रदान गरिन्छ,” उनले भनिन्।

“निःसन्देह यो एक पुरस्कृत हुने अनुभव हो, साना बालबालिका हुर्कँदै गएको देख्ने, अवसरहरूमा पहुँच योग्य बनाउने र उनीहरूले जीवनमा चाहेका कुराहरूमा प्राप्त गर्न उनीहरूको सम्भावनाहरूलाई बल दिने पनि हो।”

* नाम परिवर्तन गरिएको


 


Share