अस्ट्रेलियामा बुशवाकिङ्ग: सुरक्षित र रमाइलो यात्राका लागि कसरी योजना बनाउने

Mountains

Mountains Source: Getty Images/davidf

बुशवाकिङ्ग अर्थात् अस्ट्रेलियाको मनमोहक, अनुपम र विविध प्राकृतिक वातावरण नियाल्ने उत्तम उपाय। यद्यपि धेरै आगन्तुक र भर्खरै आएका आप्रवासीलाई अस्ट्रेलियाका निकुञ्जहरू कत्तिको विशाल छन् र यहाँ कति सहजै हराउन सकिन्छ भन्ने कुरालाई कम आँकलन गर्दछन्।


प्रकृतिमा पैदल हिँड्नु वा बुशवाकिङ्ग, अस्ट्रेलियाको मनोरजंनको सबैभन्दा लोकप्रिय गतिविधि हो।

तर फाइदा मनमोहक दृश्यहरूमा मात्र सीमित छैनन्।

वाकिङ्ग एसएका कार्यकारी निर्देशक हेलेन डोनोभन भन्छिन् कि यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ।

"मुटुको स्वास्थ्य र शक्तिका लागि यो निकै प्रभावकारी छ किनकि तपाई डाँडामा तलमाथि गर्नुहुन्छ,” डोनोभन भन्छिन्।

“मानसिक स्वास्थ्यका लागि पनि यो राम्रो हुन्छ किनकि बुसवाक गर्दा अन्य मानिसहरू पनि तपाईँको साथमै हुन्छन् जसले सामाजिक पनि बनाउछ।”

बुशवाकिङ्ग सामान्यतया निकै कम जोखिम भएको गतिविधि हो।

तपाईँले सही योजना बनाउनु भयो भने चाहिँ सम्भावित जोखिमहरूलाई पनि कम गर्न सकिन्छ।

Woodland path, QLD
Woodland path, QLD Source: GettyIages/georgeclerk

बुशवाकिङ्गका लागि वर्षको कुन समयमा जाने भन्ने कुरामा चाहिँ ध्यान दिनु पर्ने बुशवाकिङ्ग लिडरसिप बोर्ड सदस्य एन्ड्रु गोभन बताउँछन्

“अधिकांस समय मानिसहरूले गर्मी महिनामा बाहिर हिँड्न मनपराउछन् तर त्यो उपयुक्त समय होइन, यो बेला निकै गर्मी हुन्छ र सीमित सेवाहरू मात्र पाइन्छन्, यसै गरी जाडो महिनामा भिक्टोरियाका पहाडहरूमा पनि अधिक चिसोमा जान योग्य हुँदैनन्,” उनले भने।

अस्ट्रेलियाका निकुञ्जहरू बुशवाकिङ्गका लागि निकै उपयुक्त मानिन्छन्।

अस्ट्रेलियामा ५०० भन्दा बढी निकुञ्जहरु छन् र यी तटवर्ती गहिरो क्षेत्रदेखि माथिसम्म फैलिएका छन् र आकारमा यी निकै ठुला छन्।

नर्दन टेरीटरीमा रहेको कुकडु राष्ट्रिय निकुञ्ज २०,००० वर्ग मिटरको क्षेत्रफल ओगटेको छ।

रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

एन्ड्रु गोभन भन्छन् कि आफूले चाहेको क्षेत्रको अन्वेषण गर्न उक्त क्षेत्रको आकार, त्यहाँका सर्तहरू र आफ्नो क्षमतामा विशेष ध्यान राख्नुपर्दछ।

यस्ता क्षेत्रहरूका बारेमा अध्ययन गर्नका लागि अनलाइनमा पनि थुप्रै सामाग्रीहरू राखिएका हुन्छन्।

अजिबुशवाकिङ्ग नामक वेबसाइटमा हिँड्नका लागि बनाइएका ट्र्याकहरूको सुची प्रदान गर्दछ।

नयाँ बाटाहरू र अहिले ती कस्ता छन् भन्ने जानकारी पनि तपाईँले यसै मार्फत पाउन सक्नुहुन्छ।

आफ्नो योजना बनिसकेपछि तपाईँले अरूलाई जानकारी गराउनु पर्दछ।

यसै गरी ट्रिपइन्टेन्सन डट ओआरजी पनि यस्तै सहयोगका लागि निर्माण गरिएको वेबसाइट हो, जसमार्फत तपाईँले योजनाहरू बनाई आफ्ना नजिकका मानिसलाई पठाउन सक्नुहुन्छ।

बुशवाकिङ्गमा जाँदा पानी र खानाको भने व्यवस्था गरेर जानु पर्दछ।

Bushwalking
Source: Getty Images/mihailomilovanovic

यो सँगै फर्स्ट एड किट भनिने सामान्य उपचारमा प्रयोग हुने किट पनि सँगै लिएर जानु उपयुक्त हुन्छ।

आउट डोर काउन्सिल, बुशवाकिङ्ग लिडरसिप जस्ता संस्थाहरूले पनि पैदल यात्रा गर्दा के लिएर जाने भन्ने बारेमा उत्कृष्ट जानकारीहरू राखेका छन्।

यसै गरी खुद्रा बिक्रेताहरूले पनि बुशवाकमा जाँदा प्रयोग गर्ने कपडा र अन्य अत्यावश्यक चीजका बारेमा जानकारी दिन्छन्।

मोबाइल नेटवर्क सबै स्थानमा नहुने भएकाले मोबाइलमा भर पर्नु चाहिँ उपयुक्त हुदैन्।

यदि तपाई दुर्गम क्षेत्रमा बुसवाकका लागि जाँदै हुनुहुन्छ भने चाहिँ बिकन भनिने स्थान पहिचान र आकस्मिक सेवालाई सम्पर्क गर्न मिल्ने रेडियो उपकरण स्थानीय प्रहरी चौकी वा निकुञ्जहरूबाट भाडामा लिन सक्नुहुन्छ।

एन्ड्रु भन्छन् कि सकभर तोकिएको ट्रयाक बाहिर जानुहुँदैन र यसो भई हाले ट्र्याकमा फर्कने कोसिस गनुपर्दछ।

ट्र्याकमा फर्कँदा अन्य कोही मान्छेको सहयोग पाउने सम्भावना बढी हुन्छ।

उनी एक्लै बुशवाकमा नजान पनि सुझाव दिन्छन्।

Blue Gum Forest, Blue Mountains National Park, NSW
Blue Gum Forest, Blue Mountains National Park, NSW Source: Auscape/Universal Images Group via Getty Images

हेलेन डोनोभन भन्छिन् कि बुशवाकिङ्गका लागि स्थानीय क्लबहरू बनाइएका हुन्छन् यस्ता क्क्लवहरुमा आफूलाई सामेल गराउन उनी सुझाव दिन्छिन्।

यस्ता क्लबहरू बाटोमा पर्न सक्ने खतराका बारेमा जानकार हुन्छन् र उत्कृष्ट सुझावहरू पनि दिन्छन्।

“बुशवाकिङ्ग अस्ट्रेलियाको वेबसाइटमा जानु भयो भने त्यहाँ सदस्यताका लागि लिङ्क राखिएको हुन्छ, त्यहाँ जानुभयो भने तपाईँको राज्य र टेरीटरीका संस्थाहरू हुन्छन् जसले तपाईँलाई सहयोग गर्न सक्छन्,”

तपाईँले हरेक राज्य र टेरीटरीमा बुशवाकिङ्गका लागि बनाइएका विभिन्न शानदार पहलहरूमा पहुँच राख्न सक्नुहुन्छ।

युवा शरणार्थी र आप्रवासी मानिसहरूलाई बुशवाकिङ्गको आनन्द दिन उत्साही स्वयसेवकहरुले पहिलो पटक वेस्र्टन अस्ट्रेलियामा हाइकिङ परियोजनाको निर्माण गरेका थिए।

यो परियोजना अहिले मेलर्वन, क्यानबेरा, सिड्नी र ब्रिसबेनमा सुरु भइसकेको छ

पहिलो हाईकिङ्ग परियोजनाकी संयोजक लुइस जोरगेन्सेन हुन्।

उनी भन्छिन् कि उनका सबै गाइडहरूले फर्स्ट एडको तालिम लिएका छन्।

“हाम्रो काम भनेको प्रकृतिमा लैजाने र उनीहरू सुरक्षित छन् भन्ने सुनिश्चित गर्ने हो।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now