चौतीस वर्षीय केट रिजनल भिक्टोरियामा एक्लै भाँडामा बस्दै आएकी छिन्। उनको काम भने मेलबर्नको बाहिरी क्षेत्रमा रहेको छ।
उनको घर र कामबिचको दुरीका कारण कतिपय समय काममा बोलाइँदा पनि उनी जान पाउँदिनन्। उनी रिटेलमा क्याजुवल कर्मचारी हुन्, र आफ्नो घर टाढा भएको कारण कतिपय क्याजुवल शिफ्टहरू अस्वीकार गर्न उनी बाध्य भएकी छिन्।
यो एउटा सानो शहरमा भएको हुनाले मात्र मैले यहाँको भाँडा तिर्न सकेकी हुँ।
उनी एक हप्तामा लगभग १० देखि १५ घण्टा काम गर्छिन्, र आफ्नो एक शारीरिक चोट र मानसिक स्वास्थ्य समस्याहरूसँग पनि जुझ्दै आएकी छिन्।
३४ वर्षीय केटले अहिलेसम्म जबसीकर भुक्तानीको आडमा आफ्नो घर भाँडा र अन्य खर्च टार्दै आएकी छिन्। तर उनी सकेसम्म आफ्नो कामको नजिकै बस्न चाहन्छिन्, र सामुदायिक आवास क्षेत्रहरू भए सजिलो हुने उनको भनाइ छ।
"मैले एक नेशनल रेन्टल अफर्डेबिलिटी स्कीममा निवेदन पठाएकी छु। त्यसको लागि स्वीकृत भएमा म कामको नजिकै कुनै ठाउँमा बस्न पाउने छु, र २५ मिनेट गाडी चलाउनु पर्दैन", उनले भनिन्।
"तर कामको नजिक बस्दा भाँडा अहिलेको भन्दा ३०-४० डलर बढी हुन्छ। कि त मैले यहीँ रिजनलमा बसेर गाडीको तेलमा पैसा खर्च गर्नु पर्छ, कि त कामको नजिक बसेर बढी भाँडा तिर्नु पर्छ। यो फैसला र सन्तुलन गर्न निकै कठिन छ।"

बिहीबार २९ अप्रिलमा प्रकाशित एक रिपोर्टको अनुसार अस्ट्रेलियामा घर भाँडा सम्बन्धी समस्याहरूले निकै जटिल रूप लिन पुगेका छन्, र यो कुनै सङ्कट भन्दा कम छैन।
एंगलिकेयर अस्ट्रेलिया नामक सामाजिक वकालत संस्थाले ७०,००० भन्दा बढी घरजग्गाहरूको सर्वेक्षण गरी उक्त रिपोर्ट तयार पारेको हो। किफायती आवास क्षेत्रहरूको ठूलो कमी भएको उक्त एनुवल रेन्टल अफर्डेबिलिटी स्न्यापशटले देखाउँछ।
जबसीकरमा रहेका, कम आय भएका या काम नभएका मानिसहरूलाई भाँडामा बस्न पनि निकै गाह्रो हुने देखिएको, र यसरी थुप्रै अस्ट्रेलियालीहरू पछाडि छुटिरहेको, एंगलिकेयरकी कार्यकारी निर्देशक केसि चेम्बर्सले चेतावनी दिएकी छिन्।
घरजग्गाको भाउको समस्या निकै गम्भीर रहेको, र छिटै समाधान हुने छाँटकाँट पनि नरहेको पनि उनले एसबीएस सँगको कुराकानीमा बताइन्।
किफायती आवास क्षेत्रहरूको निर्माण गर्नु पर्छ - जस्तै सामुदायिक या सामाजिक हाउसिङ्गहरू। यसरी मानिसहरू प्रोत्साहित पनि हुन्छन्, र अस्ट्रेलियामा निकै कम सहरहरू छन्, जहाँ सामाजिक आवास क्षेत्रहरूले फाइदा गर्दैन।
उनको संस्थाका मागहरू यस प्रकारका छन् - आवास क्षेत्रमा थप लगानी गरिनु पर्ने, कल्याणकारी भुक्तानीहरू बढाइनु पर्ने, र कम आय भएका मानिसहरूले बेहोर्न सक्ने गरी घरजग्गाको भाउ राखिनु पर्ने।

केट कोल्भिन 'Everybody's Home' नामक एक अभियानमा संलग्न छिन्, जुन घरबार विहीनताको समस्यालाई अन्त्य गर्न र आवास प्रणालीमा सुधार ल्याउन लागिपरेको छ। सस्तो घरजग्गाहरूको अभाव रहेको उनी बताउँछिन्।
सरकारले भाँडा तिर्न मानिसहरूलाई दिने कमनवेल्थ सहायता र जबसीकर भुक्तानीका रकम बढाएमा धेरै हदसम्म सजिलो हुने थियो। तर सबैभन्दा प्रभावकारी समाधान भनेको घरजग्गाको भाउ बढाउनु नै हो।
किफायती घरजग्गाहरूको कमीमा कारण, जबसीकर भुक्तानीको सहारामा रहेका बेरोजगार व्यक्तिहरूले बस्ने ठाउँ पाउन निकै कठिन रहेको कोल्भिनले बताइन्।
सामुदायिक प्रदायकहरूले मर्मत गर्दै आएका थुप्रै वर्तमान र नयाँ घरहरू वितरण गर्न आफूले सहयोग गरिरहेको, संघीय सरकारले एसबीएस न्युजलाई बताएको छ। संघीय बजेट मे महिनाको ११ तारिखमा हस्तान्तरण गरिने छ।
यो पनि पढ्नुहोस्:

३५ जनाको ज्यान जाने गरी गोली चलेको टास्मानियाको त्यो कालो दिन






