क्यानबरामा रहेका नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा सिकाउनका लागि हाम्रो पाठशाला नामक भाषा विद्यालय सञ्चालनमा रहेको छ। अस्ट्रेलिया नेपाल फ्रेन्डशिप सोसाइटीले (एएनएफएस) सञ्चालन गरिरहेको भाषा विद्यालयमा हाल करिब ८५ जना विद्यार्थीहरू भर्ना भएका छन्। हाल क्यानबराका दुई स्थानबाट सञ्चालन भइरहेको विद्यालयमा अस्ट्रेलियाकै परिवेश अनुसार पाठ्यक्रम तयार पारिएको विद्यालयका प्रधानाध्यापक राज गैरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





