विश्वभरका आप्रवासीहरूले ‘रेमिट’को रूपमा घर पठाउने पैसा र उनीहरूको योगदानको सम्मान स्वरूप वर्षेनी जुन १६ लाई ‘इन्टरनेश्नल डे अफ फ्यामिली रेमिटेन्सेस’ को रूपमा मनाइने गरिएको छ। अस्ट्रेलियामा जीवनयापनको लागत वा ‘कस्ट अफ लिभिङ’ बढ्दै गए पनि नेपालमा पैसा पठाउनमा भने कुनै कमी नआएको बताइएको छ। यसै सन्दर्भमा एसबीएस नेपालीले पैसा नेपाल पठाउने र रेमिट्यान्सको क्षेत्रमा कार्यरत मानिसहरूसँग गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
गत चार वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका सम्मान कुँवर भन्छन् कि उनको तलबको करिब २० देखि २५ प्रतिशत रकम घर भाडा तिर्नमा जान्छ।
उनी जस्ता अस्ट्रेलियामा बस्ने थुप्रै नेपालीहरूले घरमा पैसा पठाउने गरेका छन्।
वर्ल्डरेमिट नामक एक अन्तराष्ट्रिय रेमिटेन्स सेवा प्रदायकको अनुसार अस्ट्रेलियामा र विश्वका विभिन्न देशमा महँगाइ बढे तापनि, रेमिटेन्सको रूपमा पैसा पठाउने क्रम पनि बढिरहेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)