SKIP TO MAIN CONTENT

डिजिटल दुनियाँ: पुरानो आदिवासी कथा सुनाउन प्रविधिको प्रयोग

Tasmanian tiger thylacine colour film
Footage of the last Tasmanian Tiger (thylacine) in Beaumaris Zoo, Hobart, 1933. Footage colourised by Composite Films, 2021. Source: National Film and Sound Archive: Title 1652978

सेन्ट्रल अस्ट्रेलियाका स्कुले विद्यार्थीहरुले आफ्नो इतिहासका कथालाई पुनः जागृत गराई मानिसहरूलाई सुनाउनका लागि डिजिटल प्रविधिको प्रयोग सुरु गरेका छन्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

सेन्ट्रल अस्ट्रेलियाका स्कुले विद्यार्थीहरुले आफ्नो इतिहासका कथालाई पुनः जागृत गराई मानिसहरूलाई सुनाउनका लागि डिजिटल प्रविधिको प्रयोग सुरु गरेका छन्।


कुनै समय एलिस स्प्रिङमा घुम्ने जनावर जसलाई टस्मेनियन टाइगर वा थैलासिनका उपनामले चिनिन्थ्यो, यसलाई डिजिटल माध्यमबाट पुन: जीवन दिन विद्यार्थीहरुले प्रविधिको भरपुर प्रयोग गरिरहेका छन्।

एलिस स्प्रिङमा रहेको इपिरिङ्गा विद्यालयमा पढ्ने विद्यार्थीहरुले लोप भइसकेको प्रजाति थैलासिनलाई डिजिटल रियालिटीमा उतारी दिएका छन्।

टास्मेनियन टाइगर नामक उक्त जनावर ठुलो टाउको भएको व्यासो जस्तो देखिन्थ्यो र कुनै बेला एलिस स्प्रिङमा डुल्ने गर्दथ्यो।

अहिले स्कुले विद्यार्थीहरुले प्रविधिको प्रयोग गदै यसलाई जीवन्त बनाइदिएका छन्।

विद्यालयकी शिक्षिका टियरा डुलान अस्ट्रेलियाको प्रतिष्ठित जनावर अहिले लोप भइसकेको भए पनि अझै पनि उसले एलिस स्प्रिङलाई सुरक्षित बनाई राखेको बताउँछिन्।

रिपोर्ट सुन्नुहोस्। डिजिटल दुनियाँ: पुरानो आदिवासी कथा सुनाउन प्रविधिको प्रयोग हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

थैलासिनको डिजिटल कथा बुन्न त्यति सहज भने थिएन, यसका लागि विद्यार्थीहरुले चरित्र चयन गर्ने, कार्यशालामा सहभागी हुने, चित्र बनाउनेदेखि थ्री डी मोडलको विकास गर्नेसम्मका काम गरेका छन्।

उक्त कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका एन्टोनि फ्रान्क सफ्टवेयरका माध्यमबाट विद्यार्थीहरुलाई निकै सजिलो भएको बताउँछन्।

“माइक्रोसफ्ट पेन्ट थ्री डी, टिन्करक्याड जस्ता सफ्टवेयरले डिजिटल क्यारेक्टर निर्माण गर्नका लागि मद्दत गरेको छ,” उनले भने।

विद्यार्थीहरुलाई स्कुल ल्याउनै मुस्किल परिरहेका बेला यस्ता कार्यक्रमहरूले उनीहरूलाई नियमित विद्यालय आउनका लागि प्रोत्साहन गरेको बताइन्छ।

Anaiwan kids on country, practicing their culture and learning language.
Anaiwan kids on country, practicing their culture and learning language. Source: NITV News

शिक्षिका डुलान परम्परागत शैलीको पढाइ भन्दा यस्ता गतिविधिले विद्यार्थीहरुलाई बढी आकर्षित गर्ने बताउँछिन्।

स्थानीयबासीहरूले पनि उक्त परियोजनामा साथ दिइरहेका छन्।

परम्परागत र ऐतिहासिक कथाहरू, प्रविधि मैत्री बनेर लामो समयसम्म राख्न सकिने भएकाले पनि उनीहरूलाई विद्यालयको काम प्रति खुसी लागेको छ।

“यो निकै विशेष छ, किनकि समाजका पाका मानिसहरूको काम आफ्ना अनुभव, भोगाई र देखाइहरू अर्को पुस्तालाई हस्तान्तरण गर्नु पनि हो, र डिजिटल माध्यमले यसलाई सजिलो बनाइदिएको छ,” डुलान भन्छिन्।

फ्रान्क पनि यसमा सहमति जनाउँछन्, उनी भन्छन् कि विद्यार्थीहरुमा डिजीटल ज्ञानको विकास गरी उनीहरूको भोलिको करियर पनि यसैमा विकास हुन सक्छ।

बालबालिकाका लागि यसले कथाहरू बुन्न सिकाउने भए पनि आदिवासीहरूका लागि भने यसले अर्कै महत्त्व राख्छ, उनीहरूले आफ्नो जीवन भोगाइहरू यी कथाहरूमा पाउँछन्।

“यी केवल कथा मात्र होइनन्, यसले हाम्रो जीवनका कठिन र राम्रा समयमा के गर्ने भनेर सिकाउँछ, बालबालिका र युवाहरूलाई मार्गदर्शनको काम गर्छ,” डुलानले भनिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now