Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सन् २०२२ जुलाई १ देखि अस्ट्रेलियाली भिसामा भएका परिवर्तनहरू

Australian visa changes

Australian visa changes for 2022-23 and what a new government may bring Source: SBS News

जुलाई एक तारिखदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै, अस्ट्रेलियाको अध्यागमन कार्यक्रममा केही परिवर्तन भएका छन्।


Published

Updated

By Tom Stayner

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


जुलाई एक तारिखदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै, अस्ट्रेलियाको अध्यागमन कार्यक्रममा केही परिवर्तन भएका छन्।


जुलाईदेखी विभिन्न भिसामा अस्ट्रेलिया आउने मानिसहरूका लागि नयाँ अवसरहरू उपलब्ध भएका छन्।

भिसा नियमहरुको परिवर्तनले दक्ष कामदारहरूका लागि अस्ट्रेलियाको स्थायी बसोबास वा पीआरको बाटो पनि केही सहज भएको बताइएको छ।

त्यस्तै, वर्किङ्ग होलिडे भिसामा आएर काम गर्ने र कोभिड–१९ कारण आफ्नो पढाइ सके तापनि अस्ट्रेलिया बाहिर रहन बाध्य भएकाहरूलाई पनि केही राहत मिलेको छ।

कुनै परिवर्तनहरू चाहिँ महामारीका कारण सङ्घर्ष गर्न बाध्य भएका भिसा वाहकहरूको लागि अवसर दिने हिसाबले पनि ल्याइएको बताउँछन्, अध्यागमन एजेन्ट वकिल बेन वाट। 

उनी भन्छन् कि यी भिसा परिवर्तनहरूले, कोभिड-१९ पछि अध्यागमन नीति बारे केही सकारात्मक सन्देश दिएको छ। 

वाटका अनुसार टेम्पररी स्किल सर्टेज भिसा सबक्लास ४८२ बाट स्थायी भिसामा जान चाहनेका लागि केही सहज बनेको छ।

वाटको भनाइ सहितको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: सन् २०२२ जुलाई १ देखि अस्ट्रेलियाली भिसामा भएका परिवर्तनहरूहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

जुलाई १ बाट टेम्पररी रेसिडेन्स ट्रान्जीसन भनिने अस्ट्रेलियामा बसोबासका लागि अनुमति दिने भिसाका लागि आफ्नो रोजगारदाताले अनुमोदन गरेका कामदारहरूले स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन्।

तर यो हाल केवल दुई वर्षका लागि मात्र लागु हुनेछ।

वर्क भिसा लर्यसका लुक एड्वार्ड्स यस्ता भिसामा रहेका मानिसहरूका लागि स्थायी बसोबासका लागि आवेदन दिन अब सजिलो हुने बताउँछन्।

यसका लागि योग्य हुन फेब्रुअरी पहिलो तारिख २०२० देखि १४ डिसेम्बर २०२१का बीचमा कम्तीमा एक बर्ष अस्ट्रेलिया हुनु पर्ने नियम राखिएको छ।

यसै बीच, गृह मामिला विभागका एक प्रवक्ताले महामारीका बेला अस्ट्रेलियामा बसेका केही अति दक्ष कामदारका लागि नागरिकता दिने प्रावधान सहितको स्थायी बसोबासको एक विशेष व्यवस्था समेत हुने एसबीएस न्युजलाई बताएका छन्।

जुलाई १ तारिखदेखि ४५७ भिसा वाहकहरूले पीआरका लागि आवेदन दिँदा लागू हुने उमेरको हद पनि हटेको छ।

एड्वार्ड्स भन्छन् कि यस अघि ४५ बर्ष माथिका मानिसका लागि अस्ट्रेलियाको पीआर पाउन निकै कठीन रहेको थियो।  

उमेरको कुनै पाबन्दी नहुने भनिएको उक्त नियम पनि केवल दुई बर्ष लागु हुने बताइएको छ।

तर यसका लागि पनि आवेदकहरू फेब्रुअरी १, २०२० देखि डिसेम्बर १४ २०२१ का बीचमा अस्ट्रेलिया भित्र हुनु पर्ने नियम छ।

यसैगरी टेम्पररी गेज्रुएट भिसामा रहेका वा यस अघि सोही भिसा प्राप्त गरेर कोभिड–१९ का कारण आफ्नो भिसाको पूर्ण उपयोग गर्न नपाएका मानिसहरूले रिप्लेसमेन्ट भिसाका लागि आवेदन दिन सक्ने भएका छन्।

तर त्यसका लागि योग्य हुन चाहिँ फेब्रुअरी १, २०२० वा त्यसपछि सो भिसा समाप्त भएको हुनुपर्ने सरकारी भनाइ छ।

यस बाहेक १ फेब्रुअरी २०२० र १५ डिसेम्बर २०२१ का बिचमा अस्ट्रेलिया बाहिर रहेको हुनु पर्ने नियम रहेको छ।

वाट भन्छन् उनीहरूले आर्जन गरेको शिक्षाका कारण अस्ट्रेलियाको रोजगारीको क्षेत्रमा सकारात्मक योगदान दिने भएकाले सरकारे यसो गरेको हो। 

यस बाहेक सीमा बन्दका कारण वर्किङ्ग होलिडे भिसामा मानिसहरू आउन नपाउँदा अस्ट्रेलियाली अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्न यस पटक सरकारले भिसा सङ्ख्या थप्ने बताएको छ, जस अन्तर्गत जुलाई एक तारिखबाट यस्ता भिसाको सङ्ख्यामा ३०% वृद्धि हुने छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now