Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'ट्याक्सी क्लब' देखि लाहुरेका छोराछोरीसम्म; नेपाली समुदायको फुटबल इतिहास

Nepali Victoria Football Royal Western Yeti Club Melbourne

प्रतिकात्मक तस्बिर Source: Facebook

अस्ट्रेलियामा फुटबलको पहिलो भागमा सामुदायिक खेल गतिविधिमा नेपाली सदस्यहरू प्रवेश गर्दै गर्दा कस्ता चुनौतीहरू थिए भन्ने बारेमा चर्चा गरिएको छ। फुटबल प्रतिको लगावलाई अस्ट्रेलियाका पार्कदेखि मैदानसम्म लैजाने यात्रा कसरी सुरु भयो त? पोडकाष्टको पहिलो भागमा अस्ट्रेलियाको पुरानो नेपाली सामुदायिक संस्था गोर्खा नेप्लीज कम्युनिटीसँग अबद्ध भएर सन् १९९८ देखि फुटबल खेलमा संलग्न राजीव प्रधान र अनिल थापा मगरसँग गरेको कुराकानी सुन्ने छौँ।


Published

Updated

By Krishna Pokhrel, Shikha Basnet Khadka, Sameer Ghimire

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा फुटबलको पहिलो भागमा सामुदायिक खेल गतिविधिमा नेपाली सदस्यहरू प्रवेश गर्दै गर्दा कस्ता चुनौतीहरू थिए भन्ने बारेमा चर्चा गरिएको छ। फुटबल प्रतिको लगावलाई अस्ट्रेलियाका पार्कदेखि मैदानसम्म लैजाने यात्रा कसरी सुरु भयो त? पोडकाष्टको पहिलो भागमा अस्ट्रेलियाको पुरानो नेपाली सामुदायिक संस्था गोर्खा नेप्लीज कम्युनिटीसँग अबद्ध भएर सन् १९९८ देखि फुटबल खेलमा संलग्न राजीव प्रधान र अनिल थापा मगरसँग गरेको कुराकानी सुन्ने छौँ।


सन् १९९५ मा गोर्खा नेप्लीज कम्युनिटीको स्थापना हुनु अगावै नेपाली समुदायका सदस्यहरूले सामूहिक रूपमा पार्कहरूमा जम्मा भएर फुटबल खेल्न थाली सकेका थिए।

फुटबल तर्फको रुचि र समूहकी रूपमा बस्ने भएकाले पनि समय निकालेर स्थानीय पार्कहरूमा फुटबल खेल्नु नेपालीका लागि नौलो थिएन।

एकै ठाउँमा बस्ने वा वरिपरि नै बस्ने भएकाले एकले अर्कालाई राम्ररी चिन्ने गरेको गोर्खा नेप्लीज कम्युनिटीका हालका उपाध्यक्ष एवम् स्पोर्टस को-अर्डिनेटर राजीव प्रधान बताउँछन्।

सन् १९९८ मा भने आधिकारिक रूपमै जीएनसीले टुर्नामेन्ट सञ्चालन गर्न थालेको उनको भनाई छ।

“कति जना दाइहरू ट्याक्सी चलाउनु हुन्थ्यो, खाजा खाने भेट्ने ठाउँ एकै ठाउँमा हुँदा, छुट्टीमा उहाँहरू फुटबल खेल्नुहुन्थ्यो जसलाई ट्याक्सी टिम पनि भनिन्थ्यो,” प्रधानले भने।

तत्कालीन समयमा आधिकारिक रूपमा नाम नराखिएको भए पनि, खेलाडीहरू बस्ने सबअर्बका आधारमा टोलीको नाम राखिने गरेको प्रधानले बताए।

यता जीएनसी अन्तर्गत नै सुरुवाती दिन देखि फुटबल खेल्न सुरु गरेका अनिल थापा मगर पनि चाड पर्वका बेला भेला भएर खेल्न सुरु गरिएको फुटबल पछि टुर्नामेन्टका रूपमा सञ्चालन हुन थालेको बताउँछन्।

उनका अनुसार सन् १९९८ मा टुर्नामेन्ट सुरु हुँदा ४/५ वटा टिम भए पनि चर्चित बरवुडको लालीगुराँस फुटबल क्लब र म्यारीकभिल फुटबल क्लब थिए।

तर पछि म्यारिकभिल सगरमाथा फुटबल क्लबमा परिणत भयो।

तत्कालीन समयमा हङकङ, बेलायत र सिंगापुरका लाहुरेहरूका छोरा छोरीहरू फुटबल खेल्ने गरेको अनिल थापा मगर बताउँछन्।

आफू पनि ब्रिटिस लाहुरेको छोरा भएको र आफू जस्तै बेलायत र सिंगापुरका पूर्व आर्मीहरूको छोरा छोरीहरूले यहाँ पनि फुटबललाई निरन्तरता दिएको उनले बताए।

राजीव प्रधान र अनिल थापा मगरसँग गरिएको कुराकानी सुन्नका लागि अस्ट्रेलियामा नेपाली फुटबलको पहिलो भाग सुन्नुहोस्।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट एसबीएस रेडियो एप वा तपाइको रोजाइको पोडकास्ट एप्पल पोड्कास्ट वा स्पटीफाइ एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now