SKIP TO MAIN CONTENT

विदेशमा बसेर क्रिप्टोकरेन्सी कारोबार गर्ने नेपालीलाई कसरी हुन्छ त कारबाही?

Nepal Cryptocurrency
Source: NRB/AAP

क्रिप्टोकरेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेको घोषणा नेपालले गरेको छ। नेपाल लगायत विश्वका विभिन्न मुलुकमा यो मुद्राप्रति रुचि र कारोबार बढिरहेको बेला राष्ट्र ब्याङ्कको पछिल्लो कदमले नेपालमा बस्ने नेपाली र विदेशी नागरिक, र विदेशमा बस्ने नेपालीलाई समेत प्रभावित हुने बताइँदै गर्दा काठमाण्डू संवाददाता सेवा भट्टराईले सो ब्याङ्कका प्रवक्ता डा. गुणाकर भट्टसँग गरेको कुराकानी।


Published

Updated

By सेवा भट्टराई

Source: SBS



Skip to podcast episode content

क्रिप्टोकरेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेको घोषणा नेपालले गरेको छ। नेपाल लगायत विश्वका विभिन्न मुलुकमा यो मुद्राप्रति रुचि र कारोबार बढिरहेको बेला राष्ट्र ब्याङ्कको पछिल्लो कदमले नेपालमा बस्ने नेपाली र विदेशी नागरिक, र विदेशमा बस्ने नेपालीलाई समेत प्रभावित हुने बताइँदै गर्दा काठमाण्डू संवाददाता सेवा भट्टराईले सो ब्याङ्कका प्रवक्ता डा. गुणाकर भट्टसँग गरेको कुराकानी।


इन्टरनेटमा कतिपय सामानहरू किन्न मिल्ने वा आफ्नो खातामा पनि राखेर पैसामा साट्न मिल्ने यो क्रिप्टोकरेन्सी भर्चुअल अर्थात् इन्टरनेटमा मात्र पाइने गर्छ र यसको भौतिक अस्तित्व हुँदैन।

सामान्य रूपमा प्रचलित मुलुकहरूका मुद्रा जस्तो यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन, जसका कारण क्रिप्टोकरेन्सी कसरी काम गर्छ भन्ने बारेमा धेरै कुरा अस्पष्ट नै रहेको छ।

यसै समयमा नेपालले तत्काल लागू हुने गरी क्रिप्टोकरेन्सीमा कारोबार निषेधित गरेको छ भने भर्खरै घोषित नियम पालना गराउन चुनौती पनि छन्।

नेपालको केन्द्रीय ब्याङ्क नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले एसबीएस नेपालीसँग भने, “आजकाल यस्ता क्रिप्टोकरेन्सी लगायतका मुद्रामा लगानी गरेर धेरै पैसा पाइन्छ भनेर केही मानिसले अरूलाई प्रलोभनमा पारेको हामीले जानकारी पायौँ।”

“नेपालीहरूले ब्याङ्कमा वा आफूसँग राखेको पैसा डुब्ने डर देखिएको हुनाले नेपालले यसलाई निषेध गरेको हो।”

नेपालमा बस्ने नेपाली र विदेशी नागरिक, र विदेशमा बस्ने नेपालीलाई समेत लागु हुने भनिएको यो नियमको कसरी नियमन गरिन्छ त भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, "कानूनलाई लागु गर्ने निकायहरूले यो सूचनालाई ध्यानमा राखेका छन् र यस्ता गतिविधिमाथि पनि नजर राखिरहेका छन् (र) उनीहरूले यस्ता मानिसलाई कानुनको दायरामा ल्याउँछन्।"

हाललाई यो मुद्रा पूर्णतया प्रतिबन्धित गरेता पनि भविष्यमा भने आफ्नै मौलिक डिजिटल मुद्रालाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर अध्ययन भइरहेको पनि डा. भट्टले बताएका छन्।

भट्टसँगको कुराकानी सुन्नुहोस्: विदेशमा बसेर क्रिप्टोकरेन्सी कारोबार गर्ने नेपालीलाई कसरी हुन्छ त कारबाही? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now