Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा क्रिप्टोकरेन्सीको कारोबारलाई कस्ने तयारीमा सङ्घीय सरकार

Federal Treasurer Josh Frydenberg speaks to the media during a press conference in Melbourne, Thursday, November 11, 2021. (AAP Image/Joel Carrett) NO ARCHIVING

Federal Treasurer Josh Frydenberg Source: AAP

आगामी वर्षको सुरुवातमै सङ्घीय सरकारले डिजिटल मुद्राका बारेमा रिजर्भ बैङ्कसँग परामर्श गर्ने योजना अघि सारेको ट्रेजरर जोस फ्राइडेनबर्गले बताएका छन्। यस बाहेक "बाइ नाउ पे लेटर" भनिने किस्तामा भुक्तानी गर्ने मिल्ने विधिको समिक्षा हुने अधिकारीहरुको भनाई छ।


Published

Updated

Source: SBS




Share this with family and friends


आगामी वर्षको सुरुवातमै सङ्घीय सरकारले डिजिटल मुद्राका बारेमा रिजर्भ बैङ्कसँग परामर्श गर्ने योजना अघि सारेको ट्रेजरर जोस फ्राइडेनबर्गले बताएका छन्। यस बाहेक "बाइ नाउ पे लेटर" भनिने किस्तामा भुक्तानी गर्ने मिल्ने विधिको समिक्षा हुने अधिकारीहरुको भनाई छ।


ट्रेजरर जोश फ्राईडेनवर्गले बताए अनुसार अस्ट्रेलियामा रकम भुक्तानी गर्ने विधिमा २५ वर्ष यताकै सबैभन्दा ठुलो सुधार सरकारले गर्नेछ।

जसले गर्दा क्रिप्टोकरेन्सी खरिद र बिक्री गरिरहेका मानिसहरूले कानुनी सुरक्षा प्राप्त गर्नेछन्।

फाईनान्सीयल काउन्सीलिङ्ग अस्ट्रेलियाकी कार्यकारी प्रमुख फियोना गुथी सरकारी योजनाको समर्थन गछिर्न।

उनी भन्छिन् कि अस्ट्रेलियाको भुक्तानी व्यवस्था बदलिँदो प्रविधि अनुकूल रहन सकेको थिएन।

Stacked cryptocurrency coins (Bitcoin, Ethereum, Litecoin)
Stacked cryptocurrency coins (Bitcoin, Ethereum, Litecoin) Source: iStock

यस सुधारमा आगामी वर्ष केन्द्रीय बैङ्कको डिजिटल मुद्राको सम्भाव्यता र यसको आदान प्रदान लागि अनुमतिका कार्यविधिमा परामर्श समावेश हुनेछ।

अस्ट्रेलियन नेशनल विश्वविद्यालय (एएनयु) अन्तर्गतको कलेज अफ ल कि मानार्थ सहप्राध्यापक डाक्टर फिलिपा रायनका अनुसार  पारदर्शीताको अभाव रहेको यस क्षेत्रका लागि सरकारी कदम सही छ।

"क्रिप्टोको दायरामा विश्वव्यापी स्तरहरू पुरा गर्न या त घरेलु उद्योग र बजार गुमाउने जोखिम उठाउनु आवश्यक छ",उनले भनिन्।

क्रिप्टोकरेन्सीको कारोबार बढ्दै जाँदा अस्ट्रेलियन फेडरल प्रहरीमा पनि यस सँग सम्बन्धित ठगीका मुद्धाहरु पर्ने क्रम बढिरहेको छ।

नियमनकारी संस्था अस्ट्रेलियन कन्ज्युमर रेगुलेटरको नयाँ तथ्याङ्कले यस वर्षको जनवरी र नोभेम्बरका बिच नोक्सानी वृद्धि १ सय ७२ प्रतिशत रहेको देखाएको छ।

रिपोर्ट सुन्नुहोस्।

जुन रकम १० करोड ९० लाख अस्ट्रेलियन डलर हुन जान्छ।

डाक्टर रायनका अनुसार विभिन्न खाले भ्रामक योजनाका कारण केही मानिसहरू सिकार बनिरहेका छन्।

उनी चेतावनी दिन्छीन कि क्रिप्टोकरेन्सी बजार परम्परागत शेयर बजार वा शेयर कारोबारमा भन्दा धेरै बढी जोखिमपूर्ण हुन्छ।

“अस्थिर बजारमा घाटा बेहोर्नु ठगी भएको सँग सधैँ तुलना गर्न मिल्दैन,” उनले भनिन्।

सरकारले नियमन गर्ने अर्को क्षेत्र वाई नाव पे लेटर किस्तामा भुक्तानी गर्ने मिल्ने विधि पनि हुन्।

सङ्घीय सरकारले यी विषयहरूमा सन् २०२२ को सुरुवात बाटै परामर्श थाल्ने बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now